काठमाडौं । चर्चित नृत्यंगना सीता सुवेदीको निधन भएको छ । एक खुट्टाले नाँचेर छुट्टै पहिचान बनाउन सफल उहाँको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । परिवारका अनुसार सीता तीन महिनादेखि फोक्सोको क्यान्सरले पीडित हुनुहुन्थ्यो । एक महिनादेखि भेन्टिलेटरमा रहनुभएकी उहाँको उपचारका क्रममा उहाँको निधन भएको हो । चितवन घर हुनुभएकी सीतालाई सानैदेखि नाचेर आफूलाई स्थापित गर्ने सपना थियो । तर, १२ वर्षको उमेरमै क्यान्सर लागेपछि एउटा खुट्टा काट्नु परेको थियो ।
एसएलसीपछि सीताले एक खुट्टाकै भरमा नृत्यको बाटो रोज्नुभयो । सीताले पहिलो पटक पदमकन्या क्याम्पसको मञ्चमा नृत्य प्रस्तुत गर्नुभएको थियो । उहाँको यो यात्रा देशका विभिन्न मेला, महोत्सव हुँदै विदेशका मञ्चसम्म पुगेको थियो ।
उहाँले सन् २०१९ को अन्तर्राष्ट्रिय अपांगता दिवसका दिन दक्षिण कोरियामा नृत्य गर्नुभएको थियो भने सन् २०२० को जनवरी ११ मा सियोलमा भएको भिजिट नेपालको कार्यक्रममा स्वागत नृत्य गर्ने अवसर पाउनुभएको थियो ।
थुप्रै अन्तर्राष्ट्रिय मञ्चमा नृत्य गरिसक्नुभएकी सीताले सौन्दर्य प्रतियोगितामा समेत उपाधि जित्नुभएको थियो । मिसेस नेपाल वल्र्डको प्रतियोगितामा म्यानेजमेन्ट च्वाइस अवार्ड’सहित उहाँले ‘मिसेस नेपाल इन्टरनेसनल २०२३’ को उपाधि जित्नुभएको थियो ।
उहाँ गायिका पनि हुनुहुन्थ्यो । सुवेदी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको सहसचिवसमेत हुनुभएको थियो । इन्टरमिडिएट लेभल कत्थक नृत्यमा स्वर्ण पदक विजेता सुवेदी क्लासिक नेपाल फाउण्डेशनकी संस्थापक पनि हुनुहुन्छ ।







दियालो बङ्गलाबाट २४ लाख राजश्व
फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७