काठमाडौं । मर्चेन्ट बैंकिङ एसोसिएसन नेपालले आफ्नो १६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यको सुरक्षा र सहभागिता सुनिश्चित गर्न एसोसिएसनले काठमाडौंमा आयोजना गरेको थियो ।
असोज २ गते आयोजित साधारणसभाले आर्थिक वर्ष २०८१/८२ मा संस्थाका गतिविधि र उपलब्धिको समीक्षा गर्नुका साथै २०८२/८३ को वार्षिक कार्यक्रम र बजेट अनुमोदनसमेत गरेको छ । संस्थाले नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा व्यावसायिकता र दिगो वृद्धिलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा वर्तमान मुद्दा, चुनौती र भविष्यका रणनीतिक योजनाबारे छलफल भएको थियो । सभाले एसोसिएसनको नाम तथा अन्य थप आवश्यक संशोधन गरेको छ । साथै कार्यक्रममा पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिका सुदृढ गर्ने नीतिगत विषयमा पनि छलफल भएको बताइएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच