काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य प्रतिवादी सानु भण्डारी र केशव दुलाल पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ललितपुरको धापाखेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भदौ २४ गते केन्द्रीय कारागारमा आगजनी र तोडफोड हुँदा भण्डारी र दुलाल कारागारबाट भागेका थिए। सोही प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि त्यतिबेला फरार भएका थिए। उनी सोमबार मात्र कारागारमा फर्किएका हुन्।
भण्डारी र दुलाललाई नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइकेका रूपमा लिइएको छ। पक्राउ परेपछि उनीहरूले अनुसन्धानमा हाइप्रोफाइल नेताहरूको संलग्नता रहेको बताएका थिए।
उनीहरूको कनेक्सन रायमाझीसँगै तत्कालीन गृहमन्त्री बालकृष्ण खाणसँग पनि रहेको उल्लेख गरिएको छ। खाणलाई यसै प्रकरणमा पक्राउ गरिएको थियो, तर अदालतले उनलाई पुर्पक्षका लागि धरौटीमा छोडेको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच