काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जका प्रहरीको हत्या गरेको आरोपमा थप एक आरोपी पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकका ओम पौडेललाई मंगलबार पक्राउ गरेको हो ।
यसअघि, प्रहरीकै हत्यामा संलग्न काभ्रेका युवराज क्यापछाकीलाई पनि पक्राउ गरेको थियो । उनीहरू दुवैविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।
प्रदर्शनमा उत्रिएका युवाले महाराजगन्जमा कार्यरत दुई प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए ।
घटनामा संलग्न अन्यको पनि खोजी जारी छ । प्रहरीले तस्बिर तथा भिडियोका आधारमा अनुसन्धान गरेर प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि कारबाही थालेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच