काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डे मंगलबार साँझ आफैं कारागार फर्किएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न पाण्डेसँगै नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा पनि मंगलबार साँझ कारागार फर्किएका कारागार प्रशासनले जनाएको छ ।
यस्तै, बुधबार सोही प्रकरणमा जोडिएका बेचन झा पनि आफैं कारागार फर्केका छन् ।
यसअघि मंगलबार नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भुटानी काण्डमा संलग्न केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरी कारागारमा बुझाइसकेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच