चितवन । पछिल्लो समय ज्योतिष, गीतकार, लेखक तथा समाजसेवीका रूपमा परिचित डा.रुद्रनाथ अधिकारीले पूर्वी चितवनको इच्छाकामना गाउँपालिका-२ स्थित तेर्से, मायाटारको चेपाङ बस्तीमा राहत वितरण गर्नुभएको छ । बडा दशैँको अवसर पारेर डा.अधिकारी र उहाँकी धर्मपत्नी लक्ष्मी अधिकारीसहितको टोलीले दुई सयभन्दा बढी चेपाङ परिवारलाई चामल, चिउरा, न्यानो कपडा तथा ओढ्न कम्बल वितरण गर्नुभएको हो । उक्त राहत वितरण कार्यक्रम पूर्वी चितवन रोटरी क्लबको समन्वयमा सम्पन्न भएको हो ।
विकट भौगोलिक अवस्थाका कारण विकासको पहुँचभन्दा टाढा रहेका चेपाङ बस्तीमा पुगेर डा.अधिकारीले राहत वितरण गर्दै भन्नुभयो, ‘चितवन जस्तो विकसित जिल्लामा यति विकट अवस्था होला भन्ने कल्पना पनि गरेको थिइन । यहाँको भौगोलिक कठिनाइ, आधारभूत सुविधाको अभाव र चेतनाको स्तर देख्दा म स्तब्ध भए ।’
कार्यक्रममा पूर्वी चितवन रोटरी क्लबका अध्यक्ष गुणबहादुर अर्याल, संस्थापक अध्यक्ष तथा समाजसेवी राममणि न्यौपाने, पूर्वअध्यक्ष परमात सेढाईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विन्दु सिञ्जाली थापामगरले गर्नुभएको थियो । विगत लामो समयदेखि स्वदेश तथा विदेशमा ज्योतिष, कर्मकाण्ड, तन्त्र, ध्यान योगलगायतका क्षेत्रमा योगदान दिँदै आउनुभएका डा.अधिकारी कुशल गीतकार, लेखक तथा विश्लेषकका रूपमा पनि परिचित हुनुहुन्छ ।







विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु