नवलपरासी । जिल्लाको प्रमुख हुलाकी राजमार्गअन्तर्गत पर्ने गोपिगंज, नारायण चोक हुदै परासी खण्डको निर्माण अझै सम्पन्न भएको छैन । करिब १४ किलोमिटर लामो उक्त सडकको निर्माणका लागि ठेक्का सम्झौता भएको ८ वर्ष बित्दा पनि कार्य पुरा नभएर सडक भत्किन थालेपछि ठेकदारले टालटुल गरिरहेका छन्।
सरकारले निर्माण कम्पनीलाई पटक-पटक म्याद थप गर्दै आएको भएपनि सडक निर्माणमा गुणस्तरको कमी र कमसल सामग्री प्रयोग गरेको स्थानीय स्रोतले जनाएको छ। निर्माण कम्पनीले काम सम्पन्न देखाउने प्रयास गरे पनि सडक विभिन्न ठाँउमा भत्किएको अवस्था छ।
२०७३ फागुन १५ गते कन्चनजंघा–विरुवा शिवशक्ति जेभिले ठेक्का पाएको यो काम २०७५ फागुन १४ गतेभित्र सम्पन्न गर्ने म्याद थियो। तर ठेक्का सम्झौताको म्याद सकिए पनि काम अझै अधूरो छ। कुल २५ करोड १९ लाख ५ सय ५० रुपैयाँ पर्ने उक्त सडक स्तरोन्नतीमा काम पुरा नहुँदा स्थानीय गुनासो पोखिरहेका छन्।
सरावल गाउँपालिका सदस्य संजय मौर्यले भने, “ठेकेदार र सरकारबीचको सहमति र म्याद थपको प्रक्रिया जनतालाई अस्पष्ट छ। पटक-पटक म्याद थप गर्दा निर्माण कम्पनीले आफ्नो दायित्वबाट पन्छने प्रयास गरेको देखिन्छ।” उहाले भन्नुभएको भयो, “सरकारले ठेक्का दिने बेलामा काम छिटो सम्पन्न गराउने वाचा गर्ने भए पनि काम ढिलाइ हुने र गुणस्तरहीन हुने अवस्था बारम्बार दोहोरिन गएको छ।”
स्थानीयले ठेकेदारलाई एक पटक मात्र म्याद थप दिने व्यवस्था हुनु पर्ने र दोहोरिए कारवाही हुनुपर्ने माग गरेका छन् । निर्माण कम्पनीले गुणस्तरहीन काम गर्दा सरकारी प्राविधिकहरू मौन बस्ने र विरोध गर्ने स्थानीयलाई दबाउने आरोप पनि लगाइएको छ।
“सरकार जनताको हो कि ठेकेदारको? जनता त सरकारलाई कर तिर्दै आएका छन्, तर काम गर्ने सरकार र ठेकेदारबीचको सहकार्यले जनतालाई धोका दिएको छ,” मौर्यले भन्नु भयो ।
यो सडक हुलाकी राजमार्गको एउटा महत्वपूर्ण खण्ड हो, जुन एक शताब्दी पहिले राणाकालिन समयमा निर्माण गरिएको थियो । तर सोखण्डको स्तरोन्नतीमा दशकभन्दा बढी समय लाग्ने भएपछि स्थानीयले सरकारको ध्यानाकर्षण गराउँदै आगामी कार्यमा छिटो सुधार गर्न माग गरेका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच