काठमाडौं । आगामी १९औँ वार्षिक साधारणसभाले पारित गरेपछि लागू हुने गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शुक्रबार बसेको ४९१औँ सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
सञ्चालक समिति बैठकको प्रस्तावअनुसार आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट २०८२ असारको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार नौ सय ६६ रुपैयाँको पाँच प्रतिशतले हुने ७३ करोड ८४ लाख ५० हजार छ सय ४८ रुपैयाँ ३० पैसा बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२६ प्रतिशतले हुने तीन करोड ८८ लाख ६५ हजार आठ सय २३ रुपैयाँ ५९ सहित जम्मा ७७ करोड ७३ लाख १६ हजार चार सय ७१ रुपैयाँ ८९ पैसा लाभांश प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार २०६४ साल वैशाख ७ गतेबाट कारोबार सञ्चालन गरी विगत १९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै सेयरधनीलाई निरन्तर लाभांश वितरण गर्न सफल भएकोे छ ।
आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८१/८२ सम्मको औषत लाभांश दर ११.८७ प्रतिशत रहेको छ भने प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औषत लाभांश दर १०.५२ प्रतिशत रहेको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ उपाधि प्राप्त गर्न सफल बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच