जाजरकोट । जाजरकोट कुशे गाउँपालिकाका अध्यक्ष माथि हतियारधारी समुहले आक्रमण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक वसन्तकुमार शर्माले हिमालय टाइम्सलाई दिएको जानकारीअनुसार कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आइतवार बेलुकी हतियारधारी समुहले आक्रमण गरेको थियो ।
आक्रमणमा परी कुशे गाउँपालिकाका अध्यक्ष वस्नेत सहित अन्य २ जना घाइते हुनु भएको हो । घाइते हुनेमा कुशे-४ का नवराज शाही र कुशे-७ का दीपेन्द्र सिंह रहनु भएको छ ।उहाहरुको सुर्खेतमा उपचार भैरहेको छ ।
दशै मनाउन सुर्खेत तर्फ जाँदै गरेका अध्यक्षलाई जाजरकोटको छेडागाड नगरपालिका ५ थहल बजार नजिकै मनघाटविचको सडक खण्डमा मोटरसाइकलमा आएका ३ जनाको समुहले खुकुरी सहित घरेलु हथियारले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीले आक्रमणकारीको पहिचान गरिसकेकोले खोजी कार्या जारी रहेको जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच