धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङ, चितवन र तनहुँले सयुक्त रुपमा सूचना जारी गर्दै यात्रामा सावधानी अपनाउन अनुराेध गरेका छन् । अविरल बर्षाका कारण ठाउँ ठाउँमा पहिरो जान थालेपछि तीनै जिल्लाका सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरि जोखिम सडकमा यात्रा नगर्न सूचना मार्फत अनुरोध गरिएको हाे ।
यस्तै धादिङमा बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडक एकतर्फी रुपमा सन्चालनमा आएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड अहिले खुलेता पनि यात्रामा जोखिम भएको भन्दै सवारी साधन चलाउन रोक लगाइएको छ ।
मुग्लिन–नारायणगढको तुइन खोलामा सानो पहिरो खसेको थियो । अहिले भने बाटो दुईतर्फी नै खुलेको प्रहरीले जनाएको छ । यात्रामा जोखिम रहेकाले सवारी आवागमन रोकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो ।
चितवनको मुग्लिनस्थित तुइन खोलामा पहिरो लगायतका स्थानहरुमा ढुङ्गा खस्ने क्रम जारी रहेकाले सम्भावित जोखिमलाइ मध्यनजर गर्दै हाललाई (बिहान ६:०० बजेबाट)चितवनस्थित राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ ।








राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र