काठमाडौं । काठमाडौं महानगरपालिका–१४ को कुइनर हाउजिङ नजिक सडक कटान हुँदा नदी किनारका घरहरू जोखिममा परेका छन्।
आज बिहान खोलाले सडक कटान गरेपछि सो क्षेत्रका घरमा क्षति हुने सम्भावना बढेको महानगरपालिकाले जनाएको छ।
महानगरको विज्ञप्तिमा भनिएको छ, “काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ। उक्त सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेको छ।”
जोखिम न्यूनीकरणका लागि महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको महानगरपालिकाले जनाएको छ।














बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच