काठमाडौँ । जेनजी युवाको प्रदर्शनका क्रममा मुलुकभरका विभिन्न कारागार र सुधारगृहबाट भागेका १४ हजार ५५३ बन्दीमध्ये झण्डै ५ हजार ६९७ कैदी अझै फरार रहेका छन्।
कारागार व्यवस्थापन विभागका अनुसार प्रदर्शनको समयमा २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र ९ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी भागेका थिए। त्यसमध्ये आठ हजार ८५१ बन्दी (८,५१० कैदी र ३४१ बालबन्दी) कारागार फर्केका छन् भने पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी अझै फरार छन्। गृह मन्त्रालयले असोज १० गते फरार बन्दीलाई सोमबारसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो।
फरार बन्दीबन्दीको कारण समाजमा सुरक्षा चुनौती बढेको भन्दै सरकारले विशेष अभियान सञ्चालन गरिरहेको छ। यस अभियान अन्तर्गत सुरक्षाकर्मीले फरार कैदीलाई नियन्त्रणमा लिँदै सम्बन्धित कारागारमा फर्काइरहेका छन्। साथै, प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा र अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको छ।
प्रदर्शनको क्रममा कैदीबन्दी झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी र कञ्चनपुर कारागारबाट भागेका थिए। बालसुधार गृहबाट भने मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटीका ९६३ बालबन्दी फरार भएका थिए।
फरारको क्रममा रामेछापमा ३ र धादिङमा २ कैदीको गोली लागेर मृत्यु भएको थियो भने नौवस्ता बालसुधार गृहमा झडपमा पाँच बालबन्दीको मृत्यु भएको थियो।
वर्तमानमा कुल ७५ कारागारमा ३०,३४६ कैदीबन्दी विभिन्न सजाय भोगिरहेका छन्। धनुषा, बारा, भक्तपुर, नवलपरासी पूर्व र पूर्वी रुकुम जिल्लामा कारागार स्थापना गरिएको छैन।
कारागार विभागले फरार बन्दीलाई कारागार फर्किन सूचना जारी गर्दै कानुनी कारबाहीको चेतावनी दिएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच