कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१ बेलारबाट जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएको पेस्तोल सहित एक जनालाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुखडको टोलीले आज दिउँसो घरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१ बेलार बस्ने २३ वर्षीय आकाश शाही रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेश दत्त अवस्थिले उनलाई गोप्य सूचनाको आधारमा पेस्तोलसहित पक्राउ गरिएको बताउनुभयाे ।
उनको साथ बाट टाइप–५४ एक वटा पेस्तोल बरामद गरिएको जानकारी दिनुभयाे । पक्राउ परेका व्यक्तिले जेनजी आन्दोलनका क्रममा त्यो हतियार काठमाण्डौँको कोटेश्वर बाट लुटेको बयान दिएको प्रहरीले जनाएको छ ।
सादा पोसाकमा खटिएका प्रहरीको सहयोगमा उनलाई पक्राउ गर्न सफल भइएको बताइएको छ । आकाश शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच