काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र जेनजी अभियन्ता सुधन गुरुङविरुद्ध कानुनी कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दर्ता गरेको छ।
अखिलका महासचिव दीपक धामीको नेतृत्वमा पुगेको टोलीले प्रहरीमा निवेदन पेश गर्दै राष्ट्रिय धरोहरमा आगजनी, दण्डहीनतालाई प्रश्रय दिने कार्य भएको भन्दै तत्काल कानुनी दायरामा ल्याउन माग गरेको हो।
धामीले भन्नुभयो, 'अराजकता मच्चाउने काम भएको छ। धरोहर जलाउने काम भएको छ। हाम्रो देशको शान्तिको प्रतीकलाई विध्वंस गर्ने काम भएको छ। उनीहरुलाई कानुनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो।'
धामीले थप भन्नुभयो, “देश खरानी बनाइएको छ। सुरुका दिनदेखि संविधानमाथि धावा बोल्न खोजियो। हाम्रो पुस्ताका साथीहरूलाई गोली लागेको छ। त्यसको कानुनी उपचार खोजिनुपर्छ। दोषीलाई कारबाही गरिनुपर्छ। तर सम्पदामाथि आगजनी गर्ने, दिनदहाडै ज्यान लिने र सिंहदरबारमा अनधिकृत व्यक्तिले हुकुमी शासन चलाउने अनुमति दिन सकिँदैन।”
प्रहरीले २४ घण्टाभित्र जाहेरी दर्ता गर्ने वा नगर्ने निर्णय गरी अखिललाई जानकारी दिने प्रतिबद्धता जनाएको छ। सो टोलीसँगै परिसर जानुभएको अखिलका पूर्वअध्यक्ष समीक बडालले प्रहरीले जानकारी नदिएमा थप आन्दोलन र कानुनी उपचारका कदम चाल्ने बताउनु भयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच