काठमाडौं । गायक तथा पत्रकार बलराम पुडासैनीको स्वरमा रहेको गीत ‘वर–पिपलु’को भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियो मुर्चुंगा टिभीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिनुभएको छ ।
गीतमा किशनप्रसाद सुवेदीको शब्द रचना तथा सञ्जोग गौतमको संगीत छ भने संगीत संयोजन विश्व अधिकारीले गर्नुभएको छ । ओपल रेकर्डिङ स्टुडियो र अन्तरा स्टुडियोमा गीत रेकर्ड गरिएको हो भने भिडियोमा गायक पुडासैनी र गायिका राईकै अभिनय समावेश गरिएको छ ।
गीतमा प्रेमको सुरुवातदेखि ब्रेकअपपछि उत्पन्न हुने भावनात्मक उतारचढाव, मनोवैज्ञानिक संघर्ष र आत्मबोधलाई कलात्मक ढंगमा प्रस्तुत गरिएको छ । प्रेममा पर्ने युवायुवतीका भावना र टुटेको सम्बन्धपछि मनमा बज्ने मौन र तीतो संगीतलाई गीतले उजागर गरेको छ ।
निर्माणपक्षका अनुसार, ‘वर-पिपलु’ गीत आजको युवा पुस्ताको यथार्थ प्रेमकथाको प्रतिनिधित्व गर्छ । गीतको भिडियो प्रेम, वियोग र पछुतोको संवेदनशीलतालाई समेट्दै, युवाको मनोदशा दर्शाउनेगरी निर्माण गरिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच