काठमाडौं । कातिक ७ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचचित्र ‘मैझारो’को दोस्रो गीत ‘साकेला नाचौं’ सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले बडादशैँको पूर्णिमाको अवसर पारेर गीत सार्वजनिक गरेको हो । राजेशपायल राई र मेलिना राईको स्वर रहेको गीतमा पदम साधना कुलुङको शब्द रचना छ भने संगीत तोरेम्पाहाङ राईको छ । गीतलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा कलाकार दयाहाङ राई, दिया पुन, धीरज मगर र मिरुना मगरले साकेला नृत्य प्रस्तुत गर्नुभएको छ । राई समुदायको मौलिक पर्व साकेला नाचको झल्को दिने उक्त गीतले नेपालको पूर्वी पहाडी क्षेत्रको संस्कृति उजागर गरेको छ । किरात समुदायमा उधौली र उभौली पर्वका बेला साकेला नाच विशेष महत्व राख्दछ ।
यो चलचित्र लिम्बु र राई समुदायबीचको प्रेम कथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । कथावाचन अनुरूपकै भाकामा तयार पारिएको गीतले दर्शकको मन जित्न सफल भएको निर्माण पक्षको दाबी छ । तिहारको समयमा यो गीत पूर्वी नेपालमा लोकप्रिय हुने अपेक्षा गरिएको छ । यसअघि सार्वजनिक भएको चलचित्रको पोष्टर, टिजर र गीत ‘तिमीलाई के थाहा सानु’ले दर्शकमाझ चर्चा बटुलिरहेको छ ।
‘मैझारो’ हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को निर्देशनमा तयार भएको पहिलो चलचित्र हो । नेपाली मौलिक प्रेम कथामा आधारित यस चलचित्रमा धीरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भुपेन्द्र लिङ्देन, विशाल लिम्बुलगायत कलाकारको अभिनय छ ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भएको चलचित्रका गीतहरूमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत छ । गायनमा राजेशपायल राई, झुमा लिम्बु, मेलिना राई र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । छायांकन सौरभ लामाले गर्नुभएको छ । चलचित्रको वितरण आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच