खोटाङ । दशैतिहार चेलीलाई उपहार अभियानमार्फत ४३६ जना छोरीचेलीलाई नि:शुुल्क यातायात सेवा दिईएको छ ।
दशैँकाे टीका १६ असोजदेखि १९ असोजसम्म जिल्लाभित्र करीव ३५ किलोमिटर दुरीभित्र सञ्चालन गरिएको नि:शुल्क यातायात सेवा अन्तर्गत उक्त सुविधा दिईएको हो ।
अभियान अन्तर्गत टीम दिक्तेलले दुई पाङग्रेबाट २०५, चारपाङग्रेबाट ९०, टीम हलेसीबाट २३, टीम केपिलासगढीबाट ७५, टीम दिप्रुङबाट २१, टीम रावाबेशीबाट २२ जना छोरीचेलीलाई निशुल्क यातायात सेवा दिईएको अभियान संयोजक सन्जय कुमार राईले जानकारी दिनुभयो ।
आर्थिक स्थिति कमजोर भएका र सवारी साधनको पहुँच नभएका महिलाहरुलाई घरबाट माईतीघरसम्म, माईतीघरबाट घरसम्म आउनेजाने सेवा दिईएको थियो । सेवा दिनलाई नीजि दुईपाङग्रे ६६ वटा र शुभम फाउण्डेसनको एकवटा चारपाङग्रे सवारीसाधन प्रयोग भएको थियो ।
दिक्तेलस्थित किरातचोकमा सचिवालय स्थापना गरेर सेवाग्राहीको विवरण संकलन गर्दै सेवा दिईएको थियो ।
अभियानका निम्ति हलेसीमा रम्बोहाङ राई, दिप्रुङमा आदेश थापा, रावाबेशीमा बिशाल राई, केपिलासगढीमा सबिन थुलुङलाई संयोजक तोकिएको थियो ।
युवाहरुको समूहले नै तिहार लक्षित कात्र्तिक ५ गतेदेखि ७ गतेसम्म पनि यो अभियान चलाउनेछ । यसवर्ष दशै र तिहार गरी १ हजार छोरीचेलिलाई सेवा दिने अभियानको लक्ष्य छ।
गतवर्ष दशै तिहारमा ५०० हाराहारीमा छोरीचेलीलाई निशुल्क यातायात सेवा दिईएको थियो ।
खोटाङमा सञ्चालित अभियानकै प्रभावबाट संखुवासभामा मेघराज तोलाङ्गे र भोजपुरमा संग्राम राईको नेतृत्वमा दशैमा छोरीचेलीलाई निशुल्क यातायात सेवा सञ्चालन भएको थियो । अभियानको चौतर्फी प्रशंसा छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच