खोटाङ । १० वर्ष बित्दा पनि खोलामा पुल नबन्दा मोटरसाकइल र गाडी खोलाबाटै तार्नु परेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभन्ज्याङ सडकखण्डको बुवालुङस्थित बुवासुङ–लामिडाँडाबीचको पन्खुखोलामा पुल नबन्दा सवारीसाधन खोलाबाट र पैदलयात्री फड्के पुलबाट तर्नुपरिरहेको छ।
१५ मिटरको पुल सिरुवा कन्ट्रक्सन काठमाण्डौले २०७३ असोज ६ गते सक्नेगरी २०७२ असोज ७ गते भ्याटसहित २ करोड २९ लाख ३८ हजार ७३७ रुपैयाँमा सम्झौता गरेर काम थालेको थियो।
तर, सुरुको सम्झौता म्याद सकेपछि २०७५ भदौ १७ गते पहिलो, २०७७ असोज ३० गते दोश्रो म्याद गुजारेको निर्माण कम्पनीले पुलको वारीपारीको करीव एक–एक मिटर पिल्लर ठडाई अन्ततः पुल अलपत्र छोड्यो ।
ठेकेदारले अलपत्र छाडेको पुलको ठेक्का तोडेर अहिले पुष्पलाल मध्यपहाडी आयोजना निर्देशनालय ठेक्का लगाउने तयारीमा छ। ठेक्का तोडेर श्रोत सहमति आएको र पुलको ठेक्का लाग्न बाँकी रहेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय सित्खा रामेछापका इन्जिनियर रामहरि रिमालले जानकारी दिनुभयो।
पुष्पलाल मध्यपहाडी आयोजना निर्देशनालयले पुनः ठेक्का कहिले लगाउँछ त्यसको टुंगो छैन। तर, खोलाबाटै गाडी बाइक तार्नुपर्दा दुर्घट्नाको संम्भावान बढी हुने गरेको छ भने, फड्के पुलबाट यात्रा गर्दा चिप्लिएर खोलामा खस्ने त्रास बढेको छ।
यस्तै, सेखुवा–चखेवाभन्ज्याङ १० किलोमिटर सडकको पनि ठेक्का तोडेर श्रोत सहमति आईसकेको र पुनःठेक्का लगाउन बाँकी रहेको मध्यपहाडी राजमार्ग योजना कार्यालय सित्खा रामेछापले जनाएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच