लस एञ्जलस । प्रसिद्ध र्यापर सिन ‘डीडी’ कम्ब्सलाई चार वर्ष दुई महिनाको जेल सजाय सुनाइएको छ । महिला उत्पीडन र यौनकर्ममा लाग्न बाध्य पारेको आरोपमा उनलाई जेल सजाय सुनाइएको हो ।
अदालतले उनलाई ५० हजार डलर जरिवाना पनि तिराएको छ । अमेरिकी जिल्ला न्यायाधीश अरुण सुब्रमण्यमले अक्टोबर ३ मा यो सजाय सुनाउनुभएको थियो । शनलाई केही जघन्य अपराधमा दोषी ठहराइएको थियो ।
उनलाई यातना, यौन दुव्र्यवहार, सनकी पार्टी आयोजना गर्ने र तस्करीको आरोप लगाइएको थियो । उनलाई बेचबिखनको आरोपबाट मुक्त त गरियो, तर वेश्यावृत्ति र हिंसाको आरोपमा उनी दोषी ठहरिए । फैसला सुनाउँदै न्यायाधीशले कम्ब्सलाई भन्नुभयो, ‘तिमीले उनलाई शारीरिक, भावनात्मक र मानसिक रूपमा दुव्र्यवहार गर्यौै ।’
शन ‘डीडी’ कम्ब्स कारबाहीको क्रममा रुँदै दयाको याचना गरे । उनले आमा र बच्चासँग माफी पनि मागे । न्यायाधीश सुब्रमण्यमले समाजलाई महत्वपूर्ण सन्देश पठाउनका लागि सजाय सुनाइएको बताउनुभयो । उहाँले महिलाविरुद्ध हुने शोषण र हिंसाका लागि जवाफदेहिता हुनुपर्ने बताउनुभयो ।
कम्ब्सलाई उनकी पूर्वप्रेमिका, गायिका क्यासी भेन्चुरा र जेन नामकी एक अज्ञात पीडितले लगाएको आरोपपछि ठगी र यौन बेचबिखनको दुई अभियोगका साथै वेश्यावृत्तिका लागि महिला ओसारपसारको दुई अभियोग लगाइएको थियो । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच