काठमाडौं । नारायण खतिवडाको शब्द, शिलाबहादुर मोक्तानको संगीत र कुन्ती मोक्तानको स्वरमा रहेको भजन ‘खुशी’ सार्वजनिक गरिएको छ । नमस्ते नेपाल डिजिटल स्टुडियोमार्फत उक्त भजन सार्वजनिक भएको हो ।
जीवनको दौडधूप, व्यस्तता र भौतिकवादी सोचबीच पनि मानिस साँचो अर्थमा खुशी हुन नसकेको यथार्थ गीतमार्फत प्रस्तुत गरिएको छ । गीतले आत्मचिन्तन र आध्यात्मिक सन्तुलनमार्फत आन्तरिक सुख र सन्तोष प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको छ ।
भजनमा, भगवानमा विश्वास राख्नेका लागि आध्यात्मिक चिन्तन र ध्यानमार्फत खुशीको खोजी गर्न प्रेरणा दिइएको छ भने, भगवानमा विश्वास नगर्नेका लागि पनि आत्मचिन्तन नै आन्तरिक सुखको बाटो हुनसक्छ भन्ने भाव समेटिएको छ ।
अर्जुन कटुवाल र अमिसा खतिवडा अभिनित उक्त गीतको भिडियोमा सन्तोष मगर र ईश्वर राईको कोरियोग्राफी छ । भिडियोको दृश्य सम्पादन सनम तामाङले गर्नुभएको छ । भजनको निर्देशन स्वयं गीतकार खतिवडाले गर्नुभएको हो ।
गीतकार खतिवडा यसअघि ‘सम्झनाका पाइलाहरू’ र ‘बहार’ जस्ता गीति कृतिहरू प्रकाशन गर्नुभएको छ । उहाँका धेरै गीत र भिडियोहरू सार्वजनिक भइसकेका छन्, भने ‘ढुकढुकी’ एल्बममार्फत संगीतमा गहिरो छाप छोडनुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच