काठमाडौं । एलिना चौहान र प्रताप दासको स्वरमा नयाँ तिहार गीत ‘आयो तिहार-दाजु-बहिनी’ सार्वजनिक गरिएको छ । बुधबार बिहान सार्वजनिक गरिएको गीतलाई फ्लाइ नेपालले प्रस्तुत गरेको हो ।
गीतको भिडियोमा एलिना चौहान र प्रताप दास आफैंसँगै कलाकार विनोद अधिकारीले अभिनय गर्नुभएको छ । तिहारको भावनात्मक र सांस्कृतिक पक्ष उजागर गर्ने गीतमा लेखु सहयात्रीको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन विषम आचार्यले गर्नुभएको छ ।
भिडियोको छायांकन रामेश्वर कार्कीले, सम्पादन मिलन विश्वकर्माले गर्नुभएको हो । गीत एलिना चौहानको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । हाल एलिना चौहान र प्रताप दास अमेरिकामा सांगीतिक टुरमा हुनुहुन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच