काठमाडौं । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०८१ सालको पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई प्रदान गरिएको छ । पद्मश्री साधना सम्मान यसवर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गरिएको छ भने पद्मश्री गौरव पुरस्कार प्राडा.अभि सुवेदीलाई अर्पण गरिएको छ । यी पुरस्कारको राशि जनही तीन लाख नगद तथा सम्मानपत्र रहेको छ ।
मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच उक्त पुरस्कार तथा सम्मान अर्पण गरिएको थियो । प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा समाजसेवी, उद्यमी एवं एनआरएनका पूर्वअध्यक्ष जिवा लामिछानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवस प्रमुख वक्ताको रूपमा उपस्थित हुनुहुन्थ्यो ।
सम्मानित व्यक्तित्वहरू, प्रमुख वक्ता तथा सभापतिले आ-आफ्ना मन्तव्य राख्नुभएको कार्यक्रमको प्रारम्भमा जेन-जी आन्दोलनका क्रममा वीरगति प्राप्त गर्ने शहीदहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको थियो । समारोहमा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तत्विको उपस्थिति थियो ।
भुसालकृत ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गंगासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत्रूपमा समेटेको छ ।
पद्मश्री साधना प्राप्त गर्ने शर्माले आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित गरेको प्रतिष्ठानले बताएको छ । शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन् ।
त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएवापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ प्राप्त प्राडा.सुवेदी नेपाली र अंग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुनुहुन्छ । प्राडा.सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन् । उहाँ साहित्य सिर्जना तथा समसामयिक लेखनमा अत्यन्तै सक्रिय हुनुहुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच