काठमाडौं । चलचित्र विकास बोर्डले यस वर्षको बडादशैँको अवसरमा प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डले असोज १३ गतेदेखि असोज २० गते मध्यरातसम्मको बक्स अफिस रिपोर्टमा तीन चलचित्र ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ को कमाइ विवरण सार्वजनिक गरेको हो ।
यस वर्षको बडादशैँको फूलपातीदेखि प्रदर्शनमा आएका तीन चलचित्रहरूले नेपाली बक्स अफिसमा सकारात्मक सन्देश दिएका छन् । दर्शकको उल्लेख्य उपस्थितिले नेपाली चलचित्रमा दर्शकको आकर्षण पुनः फर्किरहेको संकेत मिलेको बताइन्छ ।
बक्स अफिस विवरण अनुसार सर्वाधिक कमाइ चलचित्र ‘बलिदान’ ले गरेको छ । यो चलचित्रले तीन करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ संकलन गरेको बोर्डले जनाएको छ । सौगात मल्ल, समीर भट्ट, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारहरूको अभिनय रहेको यो चलचित्र दर्शकमाझ लोकप्रिय बनेको देखिएको छ ।
त्यसपछि दोस्रो स्थानमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले तीन करोड २१ लाख ७० हजार १६० रुपैयाँ कमाइ गरेको छ । दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको यस चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी, राजाराम पौडेललगायत कलाकारको अभिनय रहेको छ ।
तेस्रो स्थानमा रहेको चलचित्र ‘माइतीघर’ले दुई करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ कलेक्सन गर्न सफल भएको छ । यस चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारको अभिनय छ ।
यस वर्षको बडादशैँको फूलपातीदेखि प्रदर्शनमा आएका यी तीन चलचित्रहरूले नेपाली बक्स अफिसमा सकारात्मक सन्देश दिएका छन् । दर्शकको उल्लेख्य उपस्थितिले नेपाली चलचित्रमा दर्शकको आकर्षण पुनः फर्किरहेको संकेत मिलेको बताइन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच