काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकार तीनवटा मुख्य उद्देश्य लिएर अघि बढिरहेको बताउनुभएको छ । बुधबार राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय, भद्रकाली काठमाडौंमा अवलोकन गर्दै उहाँले भन्नुभयो, ‘यो सरकार जेन-जी आन्दोलनको जगमा बनेको हो र देशका सबै राजनीतिक दलको समर्थनमा गठन भएको हो ।’
मन्त्री खरेलले फागुन २१ भित्र चुनाव सम्पन्न गर्ने, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने र आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने सरकारका तीन प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्नुभयो । मन्त्री खरेलले वर्तमान सरकार कुनै निश्चित दल वा वर्गको नभई सबैको विश्वास प्राप्त गरेर बनेको सरकार भएको उल्लेख गर्नुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच