काठमाडाैं । राजधानी उपत्यकामा चिसो क्रमशः बढ्दै गएको छ। आज बिहीबार बिहान काठमाडौँको न्यूनतम तापक्रम घटेर १७.४ डिग्री सेल्सियसमा पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो बुधबार यो तापक्रम १७.८ डिग्री सेल्सियस थियो।
मौसमविद्हरूका अनुसार अक्टोबर सुरु हुनुअघि उपत्यकाको न्यूनतम तापक्रम करिब २१ डिग्री सेल्सियस थियो, जसपछि लगातार घट्दै गएको हो।
मनसुन क्रमशः हट्दै जाँदा पश्चिमी वायु सक्रिय हुँदै गएको छ, जसले चिसो बढाएको हो। हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पश्चिमी क्षेत्रमा मनसुन समाप्त भइसकेको छ भने गण्डकी, बागमती, मधेस र कोसी प्रदेशमा अझै कमजोर मनसुन प्रभाव देखिन्छ।
नेपालमा वर्ष चार मौसममा बाँडिएको छ — प्रि–मनसुन, मनसुन, पोस्ट–मनसुन र विन्टर। हाल भर्खरै सकिँदै गरेको मनसुनपछि अब पोस्ट–मनसुन सुरु हुँदैछ, जसपछि तीन महिनाको जाडो मौसम सुरू हुने छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच