काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार ट्रुथ सोशलमा इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताउनुभएको छ । यसको अर्थ सबै वन्धकहरूलाई चाँडै रिहा गरिनेछ । इजरायलले बलियो, दिगो र अनन्त शान्तितर्फको पहिलो कदमको रूपमा सहमति भएको रेखामा आफ्ना सेना फिर्ता गर्नेछ ।
उहाँले ऐतिहासिक घटनाको लागि कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद दिनुभएको छ । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू हप्ताको अन्त्यतिर मध्य पूर्वको यात्रा गर्नसक्ने पनि बताउनु भयो । इजरायल र हमासले सोमवार इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा गाजा युद्धविरामको बारेमा अप्रत्यक्ष वार्ता शुरु गरेका थिए ।
अक्टोबर ७, २०२३ मा युद्ध शुरु भएदेखि, इजरायली हवाई आक्रमणले गाजा पट्टीलाई तहसनहस पारेको छ । जसले गर्दा व्यापक अनिकाल र विस्थापन भएको छ । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार कम्तिमा ६७ हजार १ सय ८३ जनाको मृत्यु भएको छ भने १ लाख ६९ हजार ८ सय ४१ जना घाइते भएका छन् ।
हमासलाई गाजा शान्ति योजना स्वीकार गर्न मनाउन टर्कीसँग ट्रम्पको आग्रह
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई हमासलाई गाजा युद्ध अन्त्य गर्ने आफ्नो योजना स्वीकार गर्न मनाउन मद्दत गर्न आग्रह गर्नुभएको बताउनुभएको छ । त्यसबेलादेखि टर्कीका अधिकारीहरूले शान्ति प्रक्रियालाई समर्थन गर्न वार्तामा संलग्न भएको उल्लेख गर्नुभयो । संयुक्त राज्य अमेरिका भ्रमणको क्रममा र आफूहरुको फोन संवादमा ट्रम्पलाई प्यालेस्टाइनमा समाधान कसरी प्राप्त गर्न सकिन्छ भनेर छलफल गरेको बताउनु भयो ।
एर्दोगानले हमासले आजसम्म इजरायल भन्दा बढी रचनात्मक अडान देखाएको र इजरायलबाट यस्तै रचनात्मक व्यवहार नदेखिएको बताउनु भयो । टर्कीले दुई–राज्य समाधानको आधारमा इजरायल–प्यालेस्टाइन समस्या समाधान गर्न काम गर्ने प्रतिवद्धता जनाउनु भयो । एर्दोगानले गाजा प्यालेस्टिनी क्षेत्र नै रहनुपर्नेमा जोड दिँदै प्यालेस्टिनीहरूले अन्ततः गाजाको प्रशासन व्यवस्थापन गर्नु महत्वपूर्ण रहेको बताउनु भयो ।
यस सप्ताहन्तमा गाजा सम्झौताको लागि मध्यपूर्व जानसक्छुः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार यस सप्ताहन्तमा आफू मध्यपूर्वको यात्रा गर्नसक्ने बताउनुभएको छ । गाजा सम्झौता धेरै नजिक आइसकेको भन्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । मध्यपूर्वका लागि सम्भावित शान्ति सम्झौतामा आफूले कुरा गरेको र त्यसको अन्तिम रुपमा दिन आफू मध्यपूर्व जान खोजेको उहाँको भनाइ छ ।
मध्य पूर्वका लागि शान्ति एउटा सुन्दर वाक्यांश भएको उहाँले बताउनु भयो । आगामी आईतवार आफू मध्यपूर्वको यात्रा गर्नसक्ने उहाँको भनाइ छ । युद्ध विरामको लागि अन्तिम वार्ता भएको र लगभग दुवै पक्ष सहमति नजिक रहेको उहाँको भनाइ छ ।
ट्रम्पको क्यानेडियन प्रधानमन्त्रीसँगको भेटपछि पनि कर सम्झौता टुंगिएन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानेडियन प्रधानमन्त्री मार्क कार्नीबीच भएको भेटवार्ता दण्डात्मक अमेरिकी कर अन्त्य गर्ने ठोस सहमति बिना नै समाप्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । क्यानडा–अमेरिकी व्यापारमन्त्री डोमिनिक लेब्लाङ्कले वार्तालाई सफल, सकारात्मक र ठोस भनेर वर्णन गरेका छन् । तर किन सम्झौता हुन सकेन भन्ने बारेमा कुनै विवरण दिएनन् ।
रिपोर्टका अनुसार प्रधानमन्त्रीको प्रस्थानपछि पनि लेब्लाङ्क वार्ता जारी राख्न वाशिंगटनमै रहनेछन् । जसमा स्टील, एल्युमिनियम र ऊर्जा क्षेत्रहरूमा केन्द्रित छलफल हुनेछ । स्टिल, एल्युमिनियम, अटो निर्माण र वन लगायत क्यानडाका प्रमुख क्षेत्रहरूलाई असर गरेको चलिरहेको व्यापार विवाद समाधान गर्ने प्रयासमा दुई नेताहरूले ह्वाइट हाउसमा भेटेका थिए ।
बैठकको क्रममा ट्रम्पले क्यानडालाई एक आर्थिक प्रतिष्पर्धीको रूपमा चित्रण गर्नुभयो । जससँग संयुक्त राज्य अमेरिकाको प्राकृतिक द्वन्द्व रहेको बताउनु भयो । जसले क्यानेडियन–निर्मित कार र स्टीललाई घरेलु उत्पादनले प्रतिस्थापन गर्ने इच्छा व्यक्त गर्नुभयो ।
कार्नीमाथि बढ्दो राजनीतिक दबाबको बीचमा बैठक भएको थियो । ओन्टारियोका प्रिमियर डग फोर्डले मंगलबार कार्नीलाई यदि कुनै सम्झौता चाँडै भएन भने प्रतिशोधात्मक करहरू लगाएर प्रतिक्रिया शुरु गर्न आग्रह गर्नुभयो । यसैबीच, कन्जरभेटिभ नेता पियरे पोइलिभ्रेले क्यानडाको लागि प्रगति सुरक्षित गर्न असफल भएकोमा प्रधानमन्त्रीको आलोचना गर्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच