सुर्खेत । नेपाली कांग्रेसका नेता गोविन्द बहादुर मल्लको निधन भएको छ । वीरेन्द्रनगर–८ सुर्खेतका कांग्रेस नेता मल्लको ७८ वर्षको उमेरमा निधन भएको हो ।
उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज टिचिङ अस्पताल, कोहलपुरमा गएराति ३ बजे उहाँको निधन भएको पारिवारीक स्रोतले बताएको छ । विद्यार्थी राजनीति हुदै पार्टी राजनीतिमा क्रियाशिल रहेका मल्ल २०४८ सालमा नेपाली कांग्रेस सुर्खेत जिल्ला सभापति समेत बन्नु भएको थियो ।
२०४९ सालमा तत्कालिन जिल्ला विकास समितिको सभापति समेत बन्नुभएका मल्ल २०४९ साल यता निरन्तर कांग्रेस महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो । महाधिवेशन समिति सदस्य समेत रहनुभएका मल्ल पार्टीमा सबैले रुचाएका नेता हुनुहुन्थ्यो ।
शैक्षिक योग्यताले बिएड अध्ययन गर्नुभएका मल्लले आफ्नो जीवन नै कांग्रेस राजनीतिमा व्यत्तित गर्नुभएको थियो । उहाँको निदनले पार्टीलाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी बताउनुहुन्छ । पार्टीले एक असल राजनीतिज्ञ मात्रै नभई बौद्धिक अभिभावक गुमाएको उहाँको भनाइ छ ।
‘नेता मल्लको व्यक्तिगत आचरण अत्यन्तै राम्रो थियो । कहिले कसैलाई नबिराउने मान्छे हुनुहुन्थ्यो’ सभापति रेग्मीले भन्नुभयो, ‘नेता मल्ल सामाजिक मान्छे हुनुहुन्थ्यो, सँधै व्यक्तिगत फाइदा भन्दा समाज सेवामा खटिनुहुन्थ्यो । सबैसँग मिलनसार र अन्य राजनैतिक दलहरुसँग पनि राम्रो सम्बन्ध कायम गर्नुहुन्थ्यो, उहाँको निधनले सिंगो पार्टी दुःखि भएको छ ।’
नेता मल्लका तीन जना छोरी र एक छोरा हुनुहुन्छ । जसमध्ये हाल एक छोरी अमेरिकामा हुनुहुन्छ । भने दुई छोरी र छोरा सुर्खेतमै हुनुहुन्छ । हाल बुवा गमाउन पुगेका छोराछोरीले विगत दुई वर्ष अघि आमा पनि गुमाउनु भएको थियो ।
नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवन बहादुर शाहीले नेता मल्लको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको बताउनुभयो । ‘नेता मल्लले नेपालको लोकतान्त्रिक आन्दोलनसहित नेपाली कांग्रेसको संगठन सुदृढिकरण र समाज सेवामा पुर्याउनु भएको योगदान सदैव स्मरणीय भइ रहनेछ’ उहाँले भन्नुभयो, ‘मल्लको मृत्युबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति हुन पुगेकोछ । यो पार्टीका लागि दुःखद घडि हो ।’
सामाजसेवी पीताम्बर ढकालले नेता मल्लको निधनले सिंगो समाजसेवाको एक हस्ती ढलेको बताउनुभयो । नेता मल्लको निधन भएपनि उहाँको आचरण र व्यक्तित्व सबैले सिको गर्न लायक रहेको उहाँको भनाइ छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच