दमास्कस । दशकभन्दा लामो द्वन्द्वका कारण सिरियामा शिक्षा प्रणाली गम्भीर संकटमा परेको छ । युनिसेफका अनुसार हाल देशभर २४ लाख ५० हजारभन्दा बढी बालबालिका विद्यालयबाहिर रहेका छन् भने १० लाखभन्दा बढी बालबालिका विद्यालय छोड्ने जोखिममा छन् ।
सन् २०११ पछि सुरु भएको रक्तपातपूर्ण द्वन्द्वमा पाँच लाखभन्दा बढीको मृत्यु भइसकेको छ र लाखौँ नागरिक विस्थापित भएका छन् । युद्ध र पश्चिमी प्रतिबन्धका कारण बढेको आर्थिक संकटले बालबालिकाको शिक्षामा गम्भीर असर पारेको छ । धेरै परिवारहरू आधारभूत आवश्यकता पूरा गर्न संघर्षरत भएकाले बालबालिकालाई विद्यालय पठाउन नसक्ने अवस्था छ ।
युद्धका कारण सात हजार दुई सयभन्दा बढी विद्यालय क्षतिग्रस्त वा नष्ट भएका छन् । धेरै विद्यालय भवनहरू भत्किएर आश्रयस्थलमा परिणत भएका छन् । युनिसेफकी उप-प्रतिनिधि जेनब आदमका अनुसार, ‘विद्यालयबाहिर रहेका बालबालिका, क्षतिग्रस्त विद्यालय र अत्यधिक तनावमा रहेका शिक्षकहरूले शिक्षा पुनस्र्थापना सबैभन्दा ठूलो चुनौती बनेको छ ।’
उहाँका अनुसार, विस्थापित परिवार घर फर्किएसँगै विद्यालय र पूर्वाधारको माग बढ्दै गएको छ, जसले पहिले नै कमजोर बनेको शिक्षा प्रणालीमा थप दबाब सिर्जना गरेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…