काठमाडौं । एक महिना पूरा भयो, जब ‘जेन-जी’ आन्दोलनका नाराले राजधानीका सडकहरू गुञ्जिए र गोलीका आवाजले देश थरथराएको थियो । भदौ २३ गते संसद् भवन अगाडिको सडकमा हजारौँ युवा परिवर्तनको मागसहित जुटेका थिए ।
त्यही भिडमा बगेको थियो रगत, आशा र सपना । एक महिना बितिसक्दा आन्दोलनको तरंग सार्वजनिक बहस र राजनीतिक टिप्पणीमा सीमित देखिए पनि राष्ट्रिय ट्रमा सेन्टरका वार्डहरूमा त्यो दिनको पीडा अझै जिउँदो छ । यहाँ ती घाइते युवाहरू छन्, जसले ‘नयाँ युगको सुरुवात’ भनेर सडक समाते, तर आजसम्म पनि अस्पतालको बेडमै छन् ।
राष्ट्रिय ट्रमा सेन्टरका अनुसार ‘जेन-जी’ आन्दोलनका क्रममा घाइते भएका १९२ मध्ये १८१ जना डिस्चार्ज भइसकेका छन् । बाँकी ११ जना अझै उपचाररत छन् । कतिपयका घाउ गहिरा छन् शरीरभित्र पनि, मनभित्र पनि ।
एक महिना बितिसक्दा पनि ती घाइते युवा परिवर्तनको अनुभूति गर्न सकेका छैनन् । उनीहरूका लागि आन्दोलन सकिएको छैन केवल स्थगित भएको छ । अब उनीहरू आश्वासनभन्दा व्यवहार खोजिरहेका छन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि