राजीव श्रेष्ठ, उतिसाह्रो देखभेट नभएका व्यक्ति । एकैपटक दुई कृति लिएर नेपाली साहित्यमा आए । थाहा भयो, हामी स्कुल पढ्दै लेखनीमा सक्रिय रहेछन् । चर्चा नचाहाने, धेरै नबोल्ने स्वभावका रहेछन् । अनाहक प्रश्नहरूमा उनलाई पढ्दो स-शरीर जस्ता छन् कविताहरू मा पनि त्यस्तै सरल पाएँ ।
आफ्ना पिताप्रति काव्यात्मक रूपमा समर्पण गरेको कृति अनाहकमा प्रश्नहरू आकारको हिसाबले सानो छ । कविताको आयतन हेर्दा छोटा कदका छन् । तर, ती छोटा आयतनभित्रका कविताहरूले ठूला भाव बोकेका छन् । कृतिभित्र विभिन्न शीर्षकमा तीसवटा नेपाली भाषा तथा दुईवटा नेपाल भाषाका कविता समावेश छन् । यी कविता सुन्दर भावमा छन् । सकारात्मक चेतमा छन् । सत्यताको सन्निकट छन् । अर्थपूर्ण छन् ।
कवि मन न हो । वर्तमान समयका अनगिन्ति विकृति र विसंगतिले पोल्छ भत्भति । यतिबेलाको परिवेशमा कुनै पनि मानेमा सन्तुष्ट हुनसक्दैनन् कवि र बोल्छन् कवितामा अनुदित भएर-खोज, बदलिँदो परिवेश आदि कवितामार्फत । युगसापेक्ष लाग्छन् कविता । युगबोधले झंकृत देखिन्छन् ।
विगत तीन दशकभन्दा अगाडिदेखि कविताकर्म र विभिन्न विषयका स्तम्भ लेखनमा सक्रिय रहेका कवि श्रेष्ठले कृतिमा पुरानै कविता समावेश गरेको देखिन्छ । तीन दशकअगाडिका कविताहरू पनि अहिलेको समय र युग सापेक्ष लाग्छन् । कवित्व चेत गहिरो भएको कविताहरूले बताउँछन् । कविताहरूले मार्मिक भाव अभिव्यक्त गरेका छन् ।
जीवन, यथार्थ, मिलन, बोध, विश्वास जस्ता कविताहरूले भोगाइका अनगिन्ति अभिव्यत्तिरूलाई बर्हियाएका छन् । यी कवितामा वास्तविकतालाई उजागर गरिएको छ । संसार, जीवन र जगतप्रतिको कविको दृष्टिकोण आएको छ । संघर्षको मर्मलाई उतारिएको छ । कविका जीवनका अनुभूतिमा कविताहरू स्पर्शित भएका छन् । कवि मन न हो । वर्तमान समयका अनगिन्ति विकृति र विसंगतिले पोल्छ भत्भति । यतिबेलाको परिवेशमा कुनै पनि मानेमा सन्तुष्ट हुनसक्दैनन् कवि र बोल्छन् कवितामा अनुदित भएर–खोज, बदलिँदो परिवेश आदि कवितामार्फत । युगसापेक्ष लाग्छन् कविता । युगबोधले झंकृत देखिन्छन् ।
कवि कस्तो हुन्छ ।
कविले कवितामा कसरी मर्म बोल्छ । किन कविमन दुख्छ । कवि भएकोले नै हो श्रेष्ठले महसुस गर्न सकेको । कविको समग्र भावनाको प्रतिनिधित्व गर्छ कविता- कविज्यूले । कवि भावुक हुन्छ, त्यसैले उसमा कल्पनाशिलता पनि बेजोड हुन्छ । भावनाका उत्ताल तरंग बग्छन् । परिकल्पना गर्छ कवि जहिल्यै ‘सर्वे भवन्तु सुखिन’को भावमा । कवि अर्काको पीडामा दुख्छ र पोखिन्छ कविता बनेर । ह्दयमा संगालेका मीठा कल्पनाका भावहरू व्यक्त गर्छ कवितामा अनुदित भएर । कवि मौनता साँध्न सक्दैन् । यस्तै कवि भोलिको चिन्ता पनि गर्छ-भविष्य आदि जस्ता कवितामा ।
कवि मन प्रेमिल पनि छ । ऊ उजाड र मरुभूमि मन पराउँदैन् । मायावी अर्थबोध अभिव्यक्त गर्छ । ऊ चहान्छ मायावी संसार । प्रेमको सुन्दरता कसलाई मन पर्दैन् र ! कवि राजीव पनि अपवाद होइन् मायाका मीठामीठा कुरा गर्छ । मायाको संसारको कल्पना गर्छ । मायाको भावमा शिखा झैं पग्लिन्छ । मायालुको अगाडि पानी-पानी हुन्छ । विपनामा मात्र होइन् सपनीमा पनि माया नै देख्छ । सपनीमै प्रेयसीसँग मायाका मीठामीठा बात मार्छ । मायाको सुगन्धमा रमाउँछ । मौनतामा रमाउन सक्दैन् कवि । विछोड मन पराउँदैन् । मिलनका सुखद् पलहरूको सधैं चाह राख्छ । कसैको रूपमा आकर्षित कवि, सम्झनामात्रले मनै रोमाञ्चित हुन्छ । सागरको नीलो रंगमा पनि मायालुको छायाँ पाउँछ । उन्मुक्त जोडी पक्षीको उडानमा प्रेमिकासँग आफूलाई उडेको सम्झन्छ । यस्तै प्रेमिल कविता हुन्- मिलन, सपनीमा, तृष्णा, माया, विश्वास आदि शीर्षकका कविता ।
एउटा कविता हेरौं :
विश्वास,
तिमी अविश्वासका थुप्रै कणहरू सँगै
मेरा सम्पूर्ण शरीरमा सलबलाउन आउनू !
एउटा संयमित व्यक्तिलाई
अकारण उकुसमुकुसमा पारी
सधैं–सधैं
यसरी नै
‘चोट’ भएर उसको शरीरभरि चलमलाउनू !! (विश्वास-पेज १४)
प्रकृतिको सुन्दरता कसलाई मन नपर्ला । झनै कवि सुन्दरताको दृष्यापानमा सिर्जना गर्न खप्पिस हुन्छ । हो, यस्तै छन् राजीव । प्राकृतिक सुन्दरतालाई चुम्दै उनले पर्यासंरक्षणमा जोडसमेत दिएका छन् । प्रकृतिको विनाशले निम्त्याउने ठूलाठूला समस्या जुन हामीले बेलावखत भोग्दै र झेल्दै आएका छौं । यसतर्फ लक्षित भएर कविता लेख्ने उनी वातावरण संरक्षणतर्फ सचेत देखिन्छन् । उनका यतातिर लेखिएका बिम्बात्मक कविताले झरना, पहाड, चिरविराइरहेका चरीहरू, मेघ, बादल, आकाशका चिल आदि वडा सुन्दर लाग्छन् । बोध, दृश्यजस्ता कविताहरू यतातिर मुखरित देखिएका छन् ।
समय सधैं हाम्रो पक्षमा हुँदैन् । झनै वर्तमान परिस्थिति विषम छ । परिवेश उस्तै स्वार्थका चंगुलभित्र जकेडिएको छ । राजनीतिमा हेरौं जताततै पदलोलुपता, षडयन्त्र, हानथाप र दाउपेच छ । यसले गर्दा धेरैमा निराशा छ । विदेश पलायनको लहर त्यसै भएको होइन् । यो परिस्थिति सबै सबैलाई मन पर्दैन् । झनै कविमन उकुसमुकुस भएर छट्पटिन्छ ।
समय सधैं हाम्रो पक्षमा हुँदैन् । झनै वर्तमान परिस्थिति विषम छ । परिवेश उस्तै स्वार्थका चंगुलभित्र जकेडिएको छ । राजनीतिमा हेरौं जताततै पदलोलुपता, षडयन्त्र, हानथाप र दाउपेच छ । यसले गर्दा धेरैमा निराशा छ । विदेश पलायनको लहर त्यसै भएको होइन् । यो परिस्थिति सबै सबैलाई मन पर्दैन । झनै कविमन उकुसमुकुस भएर छट्पटिन्छ । उनलाई पनि यो बेथितिबाट कतै टाढा जान मनलाग्छ । कवि न हो पीडा बोल्छ । यसरी हेर्दा केही कवितामा निराशावादी भाव हावी भएर आएको देखिन्छ । म टाढा जाँदैछु, बदलिँदो परिवेश जस्ता कविताले यो भावको प्रतिनिधित्व गरेका छन् ।
यसरी सानो आयतनमा समेटिएका साना कविताले कविता यात्रामा क्षितिजसम्म पुग्ने आँट गरेर लेखे भने असम्भव हुँन्न भन्ने प्रष्ट पार्छन् । यो कवित्व चेत कविले गुमाउनु हुँदैन् । भावको प्रचुरता कविको क्षमता । विषयवस्तुको स्पष्टता कविको इच्छा । जीवन र जगतप्रतिको कविको दृष्टिचेत खँदिलो । राजीवको लेखनीमा आत्मविश्वास देखिन्छ । यसैले उनले कविता सिर्जनामा पुनरागमन गर्नैपर्छ ।
स्वभावजन्य जस्तै कविताहरू-शान्त देखिन्छन् । जीवन जस्तै कविताहरू-सरल देखिन्छन् । कविताहरू कवि भेट्न सकिने जस्तै-सहज देखिन्छन् । छोटा, छरिता कविता-एक झमट बसाईमा पढ्न सकिन्छन् । नेपाल भाषाका दुई कविता चाहिँ ढुँगा लाग्छन् मलाई मैले अथ्र्याउन सकिन् । सुझाव छ कविलाई-नेपाल भाषामा छुट्टै कवितासंग्रह आउनुपर्छ । मिसावट-राम्रो होइन् । प्राविधिक पक्षलाई अलिक ध्यान दिन जरुरी ठाँने । अरू त कवितामा खोट लाउँदिन्-कविता व्यक्तिगत भाव, भोगाइ, बुझाइ र अथ्र्याइको परिणाम हो ।
लेखनीमा नदी झैं गतिशिल भएर अघि बढे भने सम्भावनाको प्रगाढता नकार्न सकिन्न् । अब नरोक राजीव यो सुन्दर कवित्वचेतलाई । अझै मुखरित भएर आउ, प्रचुर सम्भावनाको त्यो ढोका उघार्न तिमीलाई शुभकामना ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर