भक्तपुर । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान ११ बजे भक्तपुरको गुण्डुमा बस्ने भएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक व्यवस्थापन, जेनजी आन्दोलनपछि देखिएको अवस्थाबारे मूल्याङ्कन र आसन्न केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने मुख्य कार्यसूची रहेको बताइएको छ।
यसअघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित गरिएको थियो। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रदेश, जिल्ला तथा प्रवासका अध्यक्षहरूसँग गरिएको भर्चुअल छलफलका निष्कर्ष प्रस्तुत गर्ने र सरकारका सम्भावित कदम तथा आगामी निर्वाचनको सम्भावना बारे पनि जानकारी दिने तयारी गरिएको छ।
पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार, केन्द्रीय कमिटी बैठकको मिति केही दिन पर सारिएको छ। असोज २७ गतेदेखि बस्ने भनिएको बैठक असोज २९ देखि ३१ गतेसम्म गर्ने निर्णय गरिएको हो।
उहाँका अनुसार, च्यासलस्थित पार्टी कार्यालयमा जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड का कारण बैठक स्थल अझै निश्चित नभएको र त्यसबारे छलफल जारी रहेको छ।








विपद् प्रतिकार्यमा विपक्षी दलहरु सरकारसँगै
भोटेकोशी बाढीपछि सरकारको राहत-उद्धार कार्यबारे
न्यायाधीश रेग्मी र अख्तियार प्रमुख
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी
कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल