भोजपुर । भोजपुर नगरपालिका वडा नम्बर १० जिमीगाउँमा सञ्चालित बालकन्या प्राथमिक विद्यालयलाई ट्रयाक सुट सहयोग गरिएको छ । आर्सनल क्लबका खेलाडी सौरप साम्पाङको परिवारले करिव ६० हजार बरावरको ४८ थान ट्रयाक सुट, विद्यालयलाई सहयोग गरेको हो ।
विद्यालयको सुनसरी मोरङ सहयोग समितिका कोषाध्यक्ष शंकर राई र मदन राईको उपस्थितिमा विद्यालयलाई ट्रयाक सुट हस्तान्तरण गरिएको छ । विद्यालयको लागि हालसम्म २७ लाख सहयोग संकलन भएको छ भने १६ लाख २५ हजार आठ सय ८८ रुपैयाँ बचत रहेको सहयोग समितिका कोषाध्यक्ष शंकर राईले जानकारी दिनुभयो ।
लगभग पाँच वर्षअघि समाजसेवी दिवाकर राईको संयोजकत्वमा विद्यालयको सहयोगका लागि ‘आर्थिक संकलन समिति’ गठन गरिएको थियो । समितिले जसले पूर्वविद्यार्थी तथा समाजसेवीहरूसँग मिलेर विद्यालयलाई आर्थिक सहयोग जुटाउने काम गर्दै आएको छ । यस सहायता कोषबाट हाल दुईजना निजी शिक्षक राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राईले बताउनुभयो । यस्ता सहयोगले विद्यालयको शैक्षिक सुधार र गुणस्तरीयतामा पनि सहयोग मिलेको अध्यक्ष राईको भनाइ छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच