चेतना शिक्षा आर्जन गरेपछि सबैमा स्वतः उपलब्ध हुन्छ । सतहको आँखो शिक्षा हो तर शिक्षित मूर्खहरूको जमात पनि कम हुन्न संसारमा । शिक्षा, सभ्यता र वयसन्ध्याको उपज हो भने सिर्जना सृष्टिसँगै अर्जित प्रकृतिले कमैमा दिएको वरदान हो । अभ्यासले माझिन्छ, परिष्कृत हुन्छ, गहिराइ डुब्छ, उचाइ चुम्छ तर प्रकृतिको जन्मजात वरदानमा यसको अंश घुसेको छैन भने पत्थर फोर्ने अभ्यास नै व्यक्तिले किन नगरोस् सामान्य साहित्यकारमात्र हुन त सम्भव छैन भने गहिराइ डुब्ने र उचाइ चुम्ने त प्रश्नै उठ्दैन । यसै सन्दर्भमा म कवि तथा निबन्धकार निरन्तरता दिए भने बोधराज पौडेललाई लेखको सान्दर्भिक पात्र बनाइरहेको छु ।
‘समुद्रले पानी दिन्छ, प्राप्ति खोज्दैन, फूलले बास्ना दिन्छ मूल्य खोज्दैन वा श्रमको अपेक्षा गर्दैन । यो कवि बोधराज पौडेलको निबन्धलेखनको गहिराइ हो । यो आदर्शको अग्लो सगरमाथा निरन्तर लेखनमा अगाडि बढाउन यसै किसिमको बेजोड कल्पनात्मक उडानशक्तिको अनिवार्य आवश्यकता पर्दछ । लग्भग देवकोटाको कल्पनात्मक उडानको आसपास ।
अनलाइन छँदै छ अन्य पनि विविध पत्रकारिताका क्षेत्रलाई पेशा बनाएर साहित्यिक लेखनमा कम समय दिने युवा साहित्यकार हुन् बोधराज । खोटाङ्जस्तो प्राकृतिक सौन्दर्यले आच्छादित भएका ठाउँमा जन्मनु यसै पनि सङ्गत गुनको फल भनेझैँ प्रकृतिप्रदत्त स्रष्टत्वको उपज हो । सबैमा हुन्छ नै भन्ने चाहिँ हुन्न असल सङ्गतमा देखिने खराब अपवादझैँ । अहिलेसम्म यिनका मात्र तीनवटा कृतिहरू प्रकाशित भएर नेपाली साहित्य बजारमा देखा परेका छन् । ‘बगर र काँसहरू’-कविता सङ्ग्रह, ‘सोकेसको ऐना’ र ‘धमिराको देवल’ निबन्ध सङ्ग्रह । झट्ट हेर्दा पूर्णरूपमा अन्तरमुखी लाग्ने यिनी कुराकानी गर्दै गएपछि बहिरमुखीजस्तै लागे पनि अन्तरमुखी नै हुन् ।
गम्भीर सिर्जनात्मक दर्शन यिनका अन्तरमा प्रशस्त मात्रामा अङ्कुरित त छँदैछ यसलाई फक्रनबाट यिनकै दब्बु स्वभावले रोकेको छझैँ लाग्छ । कारण साहित्य दर्शनको अंशमा उभिन्छ तर दर्शन साहित्य होइन । यिनी उदारचेता आदर्शमा विश्वास गर्छन् तर आदर्शमात्र दर्शन होइन र जीवन पनि । आफूद्वारा परिकल्पित उदारचेता उम्दो आदर्श अनुकूल आफ्नो जीवनव्यवहार, बोली र चालचलन हुन सकेन भने साहित्यिक क्षेत्रमा विवादित बनिन्छ । समको ऐसेलुको रूखजस्तो, भीमनिधिको लिपस्टिक जस्तो, माधव घिमिरेको राष्ट्रकवित्वको पगरी जस्तो । यो त बोधराजको बारेमा अहिले नै आँकलन गरिने विषय होइन तर जीवन सादगीजस्तो देखिँदा देखिँदै पनि यसका अभीलक्षणीय अंशहरू विद्यमान भएको म पाउँछु । यसबाट एकदम नै अलग हुनु असल साहित्यिक कुर्सीको दावेदारीपन हो ।
गजल, मुक्तक र गीतिलेखन पनि यिनका साहित्यिक सहयात्रीका रूपमा देखिन्छन् । समालोचनात्मक लेखन पनि यिनको द्रष्टा व्यक्तित्वको परिचायक मध्ये एक हो । मूलतः विधा विशेष पद्यकविता, निबन्ध र समालोचनामा सफलता अर्जित भइसकेपछि प्रविधाका सबै रूपमा चाहेका खण्डमा सबैमा सफलतापूर्वक कलम चलाउन सकिन्छ । यो व्यक्तिभित्रको इच्छित कुरा हो तर प्रविधामै लेखनलाई सीमित राखेर विधा विशेषमा कलम चलाउन नै नसक्नु चाहिँ लेखन कमजोरीको हद पार गर्नु हो, सानो कुवालाई संसार ठान्नु हो, समग्र ठान्नु हो जो वास्तविकताभन्दा कोशौँ टाढाको फल बनेर झुण्डिरहेको हुन्छ । नेपाली साहित्यको वर्तमान सन्दर्भमा यस खालका धेरै साहित्यकारको उदय भएको छ जसको कुनै स्थायित्वको सम्भावना कम मात्र होइन रहँदै नरहेको देख्छु म ।
‘समुद्रले पानी दिन्छ, प्राप्ति खोज्दैन, फूलले बास्ना दिन्छ मूल्य खोज्दैन वा श्रमको अपेक्षा गर्दैन । यो कवि बोधराज पौडेलको निबन्धलेखनको गहिराइ हो । यो आदर्शको अग्लो सगरमाथा निरन्तर लेखनमा अगाडि बढाउन यसै किसिमको बेजोड कल्पनात्मक उडानशक्तिको अनिवार्य आवश्यकता पर्दछ । लग्भग देवकोटाको कल्पनात्मक उडानको आसपास । निरन्तरताका अभावले बोधकुमारमा यसको विकसित रूप जन्मन नसकेकै कारणले उच्च आदर्शको प्राकृतिक बिम्बप्रयोगमा अलिकति अगाडि बढेपछि उनी प्रश्नात्मक शैली अपनाउन पुग्छन् । प्रश्नात्मक र संवादात्मक शैली लेखनमा मात्र होइन जीवनमा नै यस्ता सजिला उपाय हुन् जसलाई प्रयोग गर्नासाथ पात्र अविजेय बन्छ, व्यक्ति वाचाल अविजेय । यसका प्रयोगकर्ता हुन् शङ्कर लामिछाने ।
बोधकुमारले दुवैलाई एउटैमा मिस्नुको मतलव प्रयोग नभएर अक्षमता हो । यी दुई फरक ध्रुवीय निबन्धशैली हुन् । उच्च कल्पनात्मक उडानको आकाश उड्ने निबन्धकार प्रश्नात्मक÷संवादात्मक उल्झनमा अल्झिदैन । यी उल्झनमा न अल्झिने निबन्धकार सामुद्री गतिमा तरङ्ग खोज्छ, लहर छाम्छ, भुँमरीभित्र फाल हाल्छ तर संवाद र प्रश्नको सतह उसलाई स्वीकार्य रहन्न । यो द्वैधता कहाँ पुगेर सक्छन् निबन्धकार बोधराजले ? सक्नु अनिवार्य छ एकरूपतामा आउनाका लागि । कम्तीमा पनि एउटा निबन्धभरि त एउटै रूप हुनुपर्दछ, एउटै शैली अपेक्षित रहनुपर्दछ ।
मोन्ते÷कोन्तेका पालाको सिद्धान्त अहिले निबन्धमा छैन । त्यसताका निबन्ध भनेको निश्चित विषयका सीमाभित्र बसेर वस्तुतामा रही लेखिनु पर्छ भन्ने थियो भने प्रबन्ध सानो विषयभित्र विराट् विश्व उडान उड्नसक्ने क्षमता राख्छ भन्ने थियो । ठीक यसको उल्टो छ अहिले । समुद्रभित्र पसेर तँ किन उठ्छस् छाल ? भन्ने होइन कि जलतरङ्गभित्र विश्वका महामानव आरोपित गराउने क्षमता निबन्धकारले राख्न सक्नुपर्दछ । त्यसका लागि विराट् विश्वका समग्र सामाजिक, शैक्षिक, राजनीतिक पक्षको अन्तरावलोकन तर वस्तुगत अनुभव आफूभित्र हुनु अनिवार्य छ भलै निबन्ध आत्मपरक नै किन नहोस् । यसका लागि सानो मन भएर सम्भव छैन । पारिवरिक घेराका मोहमा सम्भव छैन । राजनीतिक नारागत तहका पाइलामा सम्भव छैन ।
बोधराजको पद्य कवित्वचेतना प्राञ्जल छ तर यिनी यसतिर त्यति गहिरिन वा लागीपर्न खोजेका पाइन्नन् । यो उनको भविष्यमा देखापर्ने ठूलो भूल हो । निबन्ध लेखनको कलामा शृङ्खलितता आउन सकेको छैन । नैबान्धिक क्षमता दरो भएर पनि एकरूपतामा माझिन बाँकी रहनु लेखनप्रतिको लेखकीय निरन्तरताको अभाव हो ।
आफ्नो बढाइ-चढाईका गीत आफैँले गाइनुमा सम्भव छैन । आफैँ ससाना कुरामा मक्ख परेर आफैँसँग रमाउनु जसलाई एउटै शब्दमा आत्मश्लाघा पनि भनिन्छमा सम्भव छैन, किमार्थ सम्भव छैन । यी र यस्ता स्वभावहरू अन्तष्करणमा रहुन्जेल मान्छे आफ्नो साहित्यिक उचाइ प्राप्त गर्न सक्दैन । अहंबोधले आफैँ अग्लो छु भन्नु अलग कुरा हो । यी अवगुणबाट स्रष्टा पौडेल पनि विल्कुल अलग भएर सिर्जना कर्मको निःस्वार्थ बाटोमा निरन्तर लाग्ने सङ्कल्प गर्नु नितान्त आवश्यक छ । सिर्जनशील क्षमता जन्मजात वरदानका रूपमा आएर पनि भौतिक लिप्साको राल चुहाइ, परम्परागत गन्धे अन्ध स्वभावका सपनाभित्र रुमलिएर यस क्षेत्रका अथाह मुहान सुकाउँदै अस्वाभाविक प्रचारवाजीमा रमाउनेको जमात बोधराजकै वरिपरि नातेदारका रूपमा नाँचेको उनले पनि भलीभाँती देखेकै छन् । यी जन्मजात आएका र आउने अस्वाभाविक क्षणिक आकर्षणमा लोभिने रोगबाट असल स्रष्टाले सधैँ अलग रहनुपर्दछ ।
बोधराजको पद्य कवित्वचेतना प्राञ्जल छ तर यिनी यसतिर त्यति गहिरिन वा लागीपर्न खोजेका पाइन्नन् । यो उनको भविष्यमा देखापर्ने ठूलो भूल हो । निबन्ध लेखनको कलामा शृङ्खलितता आउन सकेको छैन । नैबान्धिक क्षमता दरो भएर पनि एक रूपतामा माझिन बाँकी रहनु लेखनप्रतिको लेखकीय निरन्तरताको अभाव हो । प्रकृतिमा कुदेका अनुच्छेदभित्र उनको उचाइ आकाशिन्छ र यसभित्रै उनी हराउँछन् । जनजीवनको चित्रणतिर ओर्लिए भने उनी साम्यवादी कथित प्रगतिशील साहित्यकारझैँ सामाजिक नारा ओकलिनु यही निरन्तरताको अभाव हो ।
जुनसुकै निबन्धात्मक सिर्जनाका शीर्षकमा प्रकृतिभित्रै विराट् विश्वका सङ्गति÷विसङ्गति, सकारात्मक/नकारात्मक सर्व पक्ष समाहित भएर त्यसरी देखिनुपर्दछ जसरी चुल्ठोमा युवतीको केशराशि देखिन्छ । जसरी वर्षाका अनुहारभित्र इन्दे्रणीको मुस्कान मुस्कुराउँछ । प्रसङ्गबस् आएका प्रशंसालाई छाडेर तीता नकारात्मक टिप्पणी परिमार्जनतिर धक नमानी युवा कवि÷निबन्धकार बोधराज पौडेलको कलम साहित्य विधामा दौडियोस्, दौडिँदा भाषागत पत्रकारिताको हलुका सतहबाट समेत माथि उठोस्को कामना गर्दै अक्षरबाट बिदा लिन्छु ।






तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा
बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द,