साहित्यमा राजनीतिको उपस्थिति हुन्छ कि हुँदैन र राजनीति रहेको साहित्य उत्कृष्ट साहित्य हो कि होइन भन्ने विषयमा चिन्तकबीच धेरै पहिलेदेखि चर्चा परिचर्चा चल्दै आएको छ । प्रसिद्ध समालोचकबीच यस विषयमा वादविवाद चल्दै आएको भए तापनि हालसम्म यो विवाद टुंगिएको छैन र भविष्यमा यस विवादको निर्विवाद समाधान निस्किन्छ भन्ने सम्भावना पनि तत्काल देखिँदैन ।
साहित्य राजनीतिमुक्त हुन्छ कि हुँदैन भन्ने सवाल साहित्य जीवन सापेक्ष हुन्छ कि हुँदैन भन्ने सवालसँग सम्बन्धित छ । उन्नाइसौं शताब्दीको अन्त्यतिर केही पाश्चात्य विचारकहरूले साहित्य जीवनसँग सम्बन्धित नभएर आफैंमा एक स्वतन्त्र र विशुद्ध सुन्दर वस्तु हो भन्ने तर्क गरेका थिए । उनीहरूले सौन्दर्यवादमा आधारित ‘कलाका लागि कला’ भन्ने सिद्धान्त प्रतिवादन गरे । उनीहरूका विचारमा कलाको उद्देश्य कुनै नैतिक मूल्य स्थापित गर्नु वा उपदेश दिनु नभएर यसमा अन्तर्निहित सौन्दर्य सिर्जना गर्नु हो । त्यसैगरी कलामा सांस्कृतिक वा राजनीतिक चरित्र निहित हुनुको सट्टा कलात्मकता र डिजाइनको सौन्दर्य जस्ता कुरा महत्वपूर्ण हुन्छन् भन्ने दाबी गरेका थिए । यो सौन्दर्यवादी आन्दोलनका अगुवाहरूमध्ये आयरल्याण्डका कवि ओस्कर वाइल्ड (१८५४-१९००) पनि एक थिए । ती सिद्धन्तकारहरूले साहित्यलाई एक सुन्दर अलौकिक वस्तु झैँ ठाने ।
तर, सौन्दर्यवादीहरूको तर्क निर्विवाद रहेन । निश्चय नै कुनै कलाको प्रयोजन सौन्दर्य हो भने कुनै कला उपयोगिताको हिसाबले पनि महत्वपूर्ण हुन्छ । पहिलो प्रयोजनका लागि हुने सिर्जनात्मक कलाका पक्षधरहरूले यसलाई केवल सुन्दर वस्तुका रूपमा लिन्छन् भने दोस्रो प्रयोजनका सर्जकले यसलाई जीवनसँग पनि गाँसेर हेर्छन् । सौन्दर्यवादीले जे जस्तो तर्क गरे पनि साहित्य जीवन सापेक्ष हुन्छ । यो खुला आकाशमा अडिने अलौकिक वस्तु नभएर मानव जीवनसँग अभिन्न रूपले सम्बन्धित हुन्छ नै हुन्छ ।
साहित्यमा मुख्यतया दुई खाले विषयवस्तु प्रस्तुत गरिन्छन्-प्राकृतिक र सांस्कृतिक । साहित्यले मूर्त जगतको प्रकृतिलाई प्रतिनिधित्व गर्छ त्यसैले यो प्रकृतिसँग ठ्याकै मिल्छ भन्ने हामीलाई लाग्न सक्छ तर प्रकृतिको चित्रण गरिने साहित्य पनि केवल प्रकृतिको चित्रण होइन । यो कुनै चित्रकारले कोरेको यथार्थ जस्तो देखिने तस्वीर पनि होइन ।
साहित्यमा मुख्यतया दुई खाले विषयवस्तु प्रस्तुत गरिन्छन्-प्राकृतिक र सांस्कृतिक । साहित्यले मूर्त जगतको प्रकृतिलाई प्रतिनिधित्व गर्छ त्यसैले यो प्रकृतिसँग ठ्याकै मिल्छ भन्ने हामीलाई लाग्नसक्छ तर प्रकृतिको चित्रण गरिने साहित्य पनि केवल प्रकृतिको चित्रण होइन । यो कुनै चित्रकारले कोरेको यथार्थ जस्तो देखिने तस्वीर पनि होइन । न त यो कुनै फोटोग्राफरले खिचेको दुरुस्त फोटोग्राफ नै हो । शब्द भनेको प्रकृतिलाई बिम्बात्मक रूपमा प्रतिनिधित्व गर्ने सांकेतिक रूपमात्र हो । स्विस भाषाशास्त्री फर्डानिन्ड डी.ससुर (१८५७-१९१३) का अनुसार शब्द भनेको ध्वनि र विचारको संगमबिन्दु हो ।
यस्तो शब्दले जनाउने भौतिक वस्तुको रूप त्यो शब्दसँग मेल खाँदैन । त्यसैले शब्द भनेको स्वयम् वस्तु होइन बरू त्यसलाई जनाउने प्रतकी मात्र हो । जब खास वस्तुलाई जनाउन खास शब्दको प्रयोग हुन्छ तब त्यहाँ शब्द प्रयोगकर्ताको विचार प्रवेश हुन्छ । जहाँ विचार उपस्थित हुन्छ त्यहाँ राजनीतिले प्रवेश गर्छ । विचार उपस्थित हुने साहित्यमा राजनीति हुन्छ नै हुन्छ । त्यसकारण प्रकृतिको चित्रण गर्ने भनिएको साहित्यमा पनि केही न केही राजनीति रहेकै हुन्छ ।
केही समालोचकहरूले साहित्य राजनीतिमुक्त हुन्छ भन्ने तर्क गरे तापनि त्यो दाबी सत्य होइन । यथार्थमा कुनै साहित्यमा केही नै केही विचार रहेकै हुन्छ । यसमा दैनिक जीवनका साधारण पक्षदेखि गहिरो दार्शनिक पक्षसम्मको विचार रहेको हुन्छ । जुनसुकै विधाका जुनसुकै रूपका साहित्यमा विचार पक्ष प्रधान हुन्छ । विचार पक्ष प्रधान हुने बित्तिकै त्यहाँ राजनीतिले प्रवेश गर्छ । यस अर्थमा साहित्य राजनीति मुक्त हुनै सक्दैन । साहित्यले कि त राजनीतिलाई मुख्य विषयवस्तु बनाउँछ कि त सामाजिक (सांस्कृतिक जीवनलाई प्रतिनिधित्व गर्छ । यस अर्थमा साहित्य जीवन निरपेक्ष हुनै सक्दैन ।
साहित्यमा प्रयुक्त दोस्रो खाले विषयवस्तु समाजमा विद्यमान संस्कृति हो । हरेक समाजमा विभिन्न जातीय, धार्मिक, भाषिक इत्यादि समुदायका मानिस बसोवास गर्छन् । सोहीनुरूप तिनीहरूको संस्कृति विकास भएको हुन्छ । त्यही संस्कृति त्यस समाजमा उत्पादित साहित्यमा पनि चित्रित हुन्छ । साहित्यमा खास समुदायका विशिष्ट संस्कृति अनुसारका परम्परा, रीतिरिवाज, चालचलन लगायत विभिन्न जाति, धर्म, वर्ग र लिङ्गका समुदायबीचको सम्बन्ध पनि झल्किन्छ । यसरी सरसर्ती हेर्दा सामाजिक प्रकृतिको साहित्यमा राजनीति हुँदैन जस्तो प्रतित हुन्छ तर संस्कृति झल्काउने साहित्य पनि राजनीतिमुक्त छैन । समतामूलक तहमा पुगिसकेको समाजबाहेक बाँकी समाजमा जात, वर्ग र लिंगका आधारमा शोषण र उत्पीडन भएको हुन्छ । कुनै साहित्यले यथास्थितिवादको पक्षपोषण गर्छ भने त्यसको विरुद्ध लेखिएको साहित्यले सामाजिक परिवर्तनको वकालत गर्छ । यी दुवै खाले साहित्यमा राजनीति झल्किन्छ ।
माथिल्लो जातका लेखकले लेखेको साहित्यमा त्यही जातको स्वार्थ रहेको हुन्छ । दक्षिण एशियाली समाजमा जातीय विभेद रहेको छ । त्यसलाई बढावा दिने साहित्य राजनीतिक हुन्छ । पाश्चात्य साहित्यमा पनि श्वेत लेखकले अश्वेत जातिका समुदायलाई होच्याएर लेखेको साहित्य राजनीतिक हुन्छ । जातीय चिन्तन उपस्थित भएको साहित्यिक कृति राजनीतिक चरित्रको हुन्छ । यस खाले जातिवादी र नश्लवादी प्रवृत्तिको विरोध झल्काउने साहित्य पनि राजनीतिक नै हुन्छ । यस्तो राजनीतिक साहित्यलाई समालोचकहरूले जातीय समालोचनाको दृष्टिकोणबाट हेर्ने गर्छन् ।
त्यसैगरी साहित्य वर्गीय चरित्रको पनि हुन्छ । समाजमा रहेको उच्च वर्गको लेखकले लेखेको साहित्यले सामान्यतया उच्च वर्गकै स्वार्थको प्रतिनिधित्व गर्छ । त्यसको प्रतिरोध गर्न लेखिएको साहित्यमा पनि राजनीति नै हुन्छ । माक्र्सवादी समालोचकले साहित्यलाई वर्गीय दृष्टिकोणबाट हेर्ने गर्छन् । उसैगरी साहित्यमा लैंगिक सवाल पनि उपस्थित हुन्छ । पितृसत्तात्मक समाजमा पुरुषको स्वार्थमा साहित्य लेखिन्छ भने त्यसको विरोधमा नारीवादी साहित्य लेखिन्छ । नारीवादी समालोचकहरूका विचारमा पितृसत्तात्मक साहित्य लिङ्गभेदवादी हुन्छ । नारीवादी साहित्य परिवर्तनमुखी हुन्छ । कुनै साहित्यमा जाति, वर्ग र लिङ्गका आधारमा हुने सामाजिक असमानता र त्यसको विरुद्धमा लेखिने सबै साहित्यमा राजनीति अन्तरघुलित भएकै हुन्छ । प्रत्यक्ष राजनीति उपस्थित हुने साहित्यमात्र नभएर संस्कृति प्रधान हुने सामाजिक साहित्यमा पनि राजनीति प्रस्तुत भएको हुन्छ । त्यस अर्थमा सबै साहित्य राजनीति चरित्रको हुन्छ ।
नेपाली साहित्यमा पनि प्रशस्त राजनीति छ । राजामहाराजाका स्तुतिगान गरिएका नेपाली साहित्य प्रकट रूपमै राजनीतिक साहित्य हुन् । आदिकवि भानुभक्तदेखि महाकवि देवकोटासम्मका कविता राजनीतिक छन् । त्यसैगरी युगकवि सिद्धिचरणदेखि राष्ट्रकवि माधव घिमिरेसम्मका कवितामा पनि राजनीतिक विषयवस्तु छ । बालकृष्ण सम जस्ता नाटककार र बीपी कोइराला जस्ता उपन्यासकारका लेखाइमा पनि राजनीतिक विषयवस्तु छ ।
यथार्थमा साहित्यमा प्रत्यक्ष वा परोक्ष रूपमा राजनीति रहेकै हुन्छ । जीवन र जगतसँग सम्बन्धित विविध पक्षमा लेखिएका विलियम सेक्सपियर जस्ता प्रसिद्ध पाश्चात्य साहित्यकारका कृति पनि राजनीतिक प्रकृतिका छन् । म्याकबेथ, ओथेलो, ह्याम्लेट, किङ लियर जस्ता त्रासदी प्रष्टै राजनीतिक चरित्रका छन् । यीबाहेक सेक्सपियरका अन्य प्रकारका कृति पनि पूर्णरूपले राजनीतिमुक्त छैनन् । तिनमा केही न केही राजनीतिक विषयवस्तु रहेकै छन् ।
त्यसैगरी नेपाली साहित्यमा पनि प्रशस्त राजनीति छ । राजामहाराजाका स्तुतिगान गरिएका नेपाली साहित्य प्रकट रूपमै राजनीतिक साहित्य हुन् । आदिकवि भानुभक्तदेखि महाकवि देवकोटासम्मका कविता राजनीतिक छन् । त्यसैगरी युगकवि सिद्धिचरणदेखि राष्ट्रकवि माधव घिमिरेसम्मका कवितामा पनि राजनीतिक विषयवस्तु छ । बालकृष्ण सम जस्ता नाटककार र बीपी कोइराला जस्ता उपन्यासकारका लेखाइमा पनि राजनीतिक विषयवस्तु छ । यस अर्थमा कतै राजनीतिमुक्त साहित्य पाउन कठिन छ ।
तर, राजनीतिक चरित्रका आधारमा साहित्यको मूल्य स्थापित हुने होइन । राजनीतिक साहित्य बेठीक र गैरराजनीतिक साहित्य ठीक भन्ने कुरा तर्कसंगत छैन । खासमा गैरराजनीतिक साहित्यको अस्तित्व नै सम्भवन हुने भएपछि राजनीतिक साहित्य बेठीक भन्ने तर्क नै हास्यास्पद जस्तो हुनजान्छ । प्रत्यक्ष राजनीतिक विषयवस्तु भएका साहित्य पनि विश्व प्रसिद्ध भएका छन् । बेलायती प्रसिद्ध राजनीतिक लेखक जर्ज अर्बेल (१९०३–१९५०) का एनिमल फार्म र नाइन्टिन एटिफोर राजनीतिक भएर पनि अत्यन्त लोकप्रिय छन् ।
त्यसैले राजनीतिक साहित्य बेठीक हुन्छ भन्ने कुरा सत्य होइन । बरू कुनै साहित्यिक कृतिकारले आफ्ना कृतिमा कस्तो प्रकारको राजनीति देखाउँछ त्यो कुरा चाहिँ महत्वपूर्ण हुन्छ । जातिवादी र नश्लवादी विचारधाराको प्रवद्र्धन गर्ने साहित्य राम्रो होइन । धनी मान्छे ठूलो गरिब मान्छे सानो भनेर भेदभाव देखाउने साहित्य पनि उच्च कोटीको साहित्य होइन । त्यसै गरी महिलामाथि पुरुषको प्रभुत्व देखाउने पितृसत्तामक साहित्य पनि उत्कृष्ट साहित्य हुन सक्दैन । यिनको सट्टा समतामूलक समाजको निर्माण गर्नेतर्फ अग्रसर हुने जुनसुकै साहित्य राजनीतिक चरित्रको भएर पनि उत्कृष्ट हुन्छ ।






राष्ट्रिय भेलामा पुगे देउवा, सबै
कांग्रेस एकजुट भए कसैले पराजित
शेरबहादुरजीकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ
रेसुङ्गामा स्नातकोत्तर प्रथम सेमेस्टरको भर्ना
नयाँ कप्तानसँगै नेपाली क्रिकेटमा नयाँ
भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका