हेटौंडा । बाढी, पहिरो र जेन-जी आन्दोलनका कारण घाइते भएका व्यक्तिहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । "रक्तदान, जीवनदान" भन्ने नारासहित शनिबार बिहान हेटौंडा-४ स्थित बुद्धचोकमा आयोजना गरिएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका हुन् ।
उक्त कार्यक्रम रास्वपा बागमती प्रदेश र्याट (RAT) समन्वय र नेपाल रेडक्रस सोसाइटी रक्त केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
कार्यक्रमको संयोजन रास्वपा बागमती प्रदेश र्याटका सचिव महेन्द्र श्रेष्ठले गरेका हुनुहुन्थ्योभने हेटौंडा उपमहानगरपालिकाका नगर उपसभापति तथा कार्यक्रमका सह-संयोजक हरि बहादुर कुँवरले सक्रिय भूमिका निभाउनु भएको थियो ।
सह-संयोजक कुँवरका अनुसार, हालै देशका विभिन्न भागमा परेको बाढी, पहिरो र आन्दोलनबाट घाइते तथा प्रभावितहरूप्रति सहयोगार्थ यो रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको प्रमुख आतिथ्यता रास्वपा केन्द्रीय सदस्य विन्दवासिनी कंसाकारको रहेको कार्यक्रममा "सेवा, सहयोग र आवाजमा हामी" संस्थाका अध्यक्ष विशाल राज महतसहित सम्पूर्ण कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच