कैलाली । महिलाको श्रम, सम्मान र आर्थिक सशक्तिकरणका लागि धनगढी उपमहानगरपालिकाले शनिवारीय महिला उद्यम बजार सञ्चालन गर्ने भएको छ ।
उपमहानगरपालिकाको शनिवारीय महिला उद्यम बजार सञ्चालन तथा व्यवस्थापन समितिको २०८१ असोज २१ गतेको निर्णय अनुसार “महिलाहरूको श्रमको सम्मान, आर्थिक सशक्तिकरणको अभियान” भन्ने नारासहित यो बजार सुरु गर्न लागिएको हो ।
नगरपालिकाले धनगढीको वडा नम्बर १ स्थित जेन्सी मार्गमा प्रत्येक शनिबार बिहान २ बजेदेखि साँझ ६ बजेसम्म बजार सञ्चालन हुने जनाएको छ । यस बजारमा सहभागी हुन इच्छुक महिलाहरूले रोजगार शाखामा असोज २७ गतेदेखि कात्तिक ११ गतेभित्र आवेदन फाराम भरेर पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
मेला कात्तिक १५ गते शनिवारदेखि हरेक शनिवार सञ्चालन हुने सूचनामा उल्लेख छ । धनगढी उपमहानगरपालिकाले यस अभियानमार्फत् स्थानीय महिलाको उत्पादन तथा सीपलाई प्रोत्साहन गर्दै आर्थिक रूपले सबल बनाउने लक्ष्य लिएको छ ।
महिलाले घरमै उत्पादन गरेका सामग्री बिक्री-वितरण गर्न सक्ने अवसर प्रदान गर्ने भएकाले यो बजार महिलाको आत्मनिर्भरता र उद्यमशीलतामा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले स्थानीय समुदाय, उपभोक्ता र महिला उद्यमीहरूलाई बजारमा सहभागी भई आफ्ना उत्पादनहरू प्रवर्द्धन गर्न आग्रह गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच