काठमाडौं । कात्तिक ६ गते भाइटीकाको दिनदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘सोल्टिनी’को गीत ‘नौलाख तारा’ सार्वजनिक गरिएको छ । लिरिकल शैलीमा तयार गरिएको गीतमा शब्द, संगीत र स्वरको माधुर्यसँगै चलचित्रको भावनात्मक कथावस्तु झल्किन्छ । गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर सुन्नसकिन्छ । शब्द र संगीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै छ भने संगीत संयोजन देवेश राईले गर्नुभएको हो ।
गीतको भिडियोमा मुख्यपात्र प्रकाश सपुत र परीक्षा लिम्बुको दृश्य प्रस्तुत गरिएको छ । जसले प्रकाश र परीक्षाको प्रेममा देखापरेका पारिवारिक तथा सामाजिक अड्चनलाई प्रस्तुत गर्छन् । गीतको लिरिकल भिडियोमा पनि ती भावनात्मक उतार-चढाव देख्न सकिन्छ, जसले चलचित्रको मूल कथावस्तुसँग प्रत्यक्ष सम्बन्ध जोड्छ ।
अर्जुन सुवेदी निर्देशित यस चलचित्रमा प्रकाश र परीक्षासहित सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सनविक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आलेलगायत कलाकारको अभिनय छ ।
यस चलचित्रमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एण्ड द टिम’कार्यकारी निर्माताका रूपमा संलग्न छ । इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरलगायतका रमणीयस्थलमा छायांकन गरिएको ’सोल्टिनी’ले समाजमा विद्यमान जातीय भेदभाव, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको आवाज उठाउने उद्देश्य लिएको निर्देशक सुवेदीले बताउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच