काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी अहिंसावादी गान्धीवादी नेता महेन्द्रनारायण निधिकी ज्येष्ठ पुत्री तथा लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय समाजसेवी राधादेवी कर्णको निधन भएको छ । राजविराजस्थित अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उहाँको निधन भएको हो । उहाँ बालविधवा रहेर दुई छोरीको पठनपाठनसँगै लोकतान्त्रिक आन्दोलनमा समर्पित हुनुहुन्थ्यो ।
पिताजी निधि र कान्छो भाइ विमलेन्द्र निधि जेल परेका समय आमा प्रेमसागरी देवीसँग मिलेर विरोधमा जुलुस प्रदर्शन गर्ने, ०३६ को जनमत संग्रहमा बहुदलीय पद्धतिका पक्षमा सक्रिय, ०४६ को संयुक्त जनआन्दोलनक्रममा सहभागी हुनुहुन्थ्यो । ०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसका पक्षमा उहाँ प्रचारमा सक्रिय हुनुभएको थियो । उहाँकी भतिजी निनु कर्ण (बहिनीकी छोरी ) का अनुसार राधादेवीको निधनले परिवारसहित लोकतान्त्रिक आन्दोलनमा समेत क्षति पुगेको छ । उहाँका दुई छोरीमध्ये विनिता अहिले पनि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रहेर सक्रिय हुनुहुन्छ ।
राजविराजस्थित निवासमा पुगेर नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि तथा प्राध्यापक नवेन्द्र निधिले स्व.राधादेवीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । राधादेवीको निधन भएकोमा श्रद्धाञ्जलि प्रकट गर्दै नेपाली कांगे्रसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शोकसन्तप्त परिवारजनमा एक वक्तव्यमार्फत समवेदना दिनु भएको छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…