काठमाडौं । वरिष्ठ समालोचक तथा निबन्धकार प्राडा.लक्ष्मणप्रसाद गौतमको निबन्धकृति ‘समवेत’को लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक, समालोचक प्राडा.ज्ञानु पाण्डे, वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र प्राडा.गौतमलगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
कृतिबारे समीक्षात्मक मन्तव्य व्यक्त गर्दै प्रधानले २१ वटा निबन्धहरूमा कवित्व चेत प्रखर बनेर आएको बताउनुभयो । उहाँले पुस्तकप्रेमलाई मान्छेसँग तुलना गरी जीवनलाई गहिरिएर अध्ययनद्वारा निबन्ध लेखनी भएको बताउनुभयो ।
‘गौतमका निबन्धहरू पाठक र लेखकबीचको सम्बन्धलाई निकट बनाउने गरी लेखिएको छ । निबन्धहरूमा सम्बोधन शैलीको प्रयोग भएको छ,’ उहाँले भन्नुभयो ।
अर्की समीक्षक प्राडा.पाण्डेले समवेत धेरै थरी रंगको विचारको एकिकृत आवाज भएको बताउनुभयो । ‘मान्छे धेरै पत्र बाँचेको प्राणी हो भन्ने कुरालाई निबन्धहरूले वताउँछन् । समाजको आँखामा राम्रो देखिन मान्छे आफैंलाई ढाँट्छ भन्ने मानवीय प्रवृत्तिलाई प्रायःनिबन्धले जोडेका छन्,’ पाण्डेले भन्नुभयो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले निबन्धकार हुनु गाह्रो कार्य भएको बताउँदै आत्मपरक निबन्धमा गौतमको गौरव गर्न लायक कृति आएको बताउनुभयो । समवेतका स्रष्टा प्राडा.गौतमले निबन्धमा आफैंलाई लेखेको बताउनुभयो । आफूलाई समालोचना गर्न भीडमा पनि सजिलो हुने तर निबन्ध सिर्जना गर्न गाह्रो हुने सुनाउनुभयो ।
नेपाल स्रष्टा समाज, केन्द्रीय समितिको आयोजनामा भएको उक्त लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार एवं समाजका संरक्षक पवन आलोकले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सदस्य मधु पाठकले गर्नुभएको थियो भने स्वागत सचिव प्रकाश घायलले गर्नुभएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर