२०४६ सालको जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहले नियुत्तः वाममोर्चालाई साथमा लिएर नेपालमा प्रजातन्त्रको पुनस्र्थापनाका लागि आन्दोलनका कार्यक्रमहरू अघि बढाइरहनुभएको थियो । २०४६ साल फागुन ७ गतेदेखि सुरु भएको राष्ट्रिय जनआन्दोलनले अभूतपूर्व उचाइ हासिल गर्दै थियो । जनआन्दोलनमा तत्कालीन सरकारबाट सकेसम्म कम क्षति हुनेगरी बल प्रयोग गरिएको थियो । यसै क्रममा गणेशमान सिंहसँग प्रधानमन्त्री मरिचमान सिंहले टेलिफोन वार्ता गरी गणेशमानलाई सम्झाएका थिए । गणेशमान दाइ तपाईंले भारतीय कम्युनिष्टहरूलाई साथमा लिएर पञ्चायती व्यवस्था त समाप्त गर्नु होला तर यिनै भारतीय कम्युनिष्टहरूले तपाईंको प्रजातन्त्र खाइदिने छन् । तसर्थ बेलैमा सचेत रहनुहोला । यी भारतीय कम्युनिष्टहरूका कारण प्रजातन्त्रमात्र समाप्त हुँदैन यिनीहरूलाई कांग्रेसले यसरी नै बुई चढाउँदै जाने हो भने यिनले देशै समाप्त गर्नेछन् ।
राजा महेन्द्रका कान्छा भाइ बसुन्धरा शाहसँग भित्रिनीका रूपमा जोडिन आइपुगेकी अमेरिकी नागरिक बारबरा एडम्स दरबारिया गतिविधिको सूक्ष्मतापूर्वक निगरानी गर्ने र सोको सूचना क्रिश्चियन मिसनरीलगायत अमेरिकी गुप्तचर नियोगसम्म सम्प्रेषण गर्ने गुप्त महिला थिइन् । उनको सम्पन्न आर्थिक अवस्था र क्रिश्चियन मिसनरीमार्फत उनको फाउण्डेशनमा जम्मा हुन आएको अकूत सम्पत्ति नेपालको धर्म, संस्कार, संस्कृति र राजसंस्था समाप्त तुल्याउन प्रयोग गरियो ।
यिनलाई तपाईंले कम्युनिष्ट भन्नुभएको होला, यिनीहरू भारतका इमानदानर दलालहरू हुन् कुन दिन यिनले देशै बेचिदिन्छन् ख्याल गर्नुहोला । नेपालका प्रधानमन्त्रीहरूमध्ये कुनै पनि कोणबाट मुलुकको अहितमा एउटैमात्र पनि काम नगरेका राष्ट्रहितलाई सर्वपरी मान्दै आएका राष्ट्रवादी प्रधानमन्त्रीका रूपमा मरिचमानलाई सम्झिँदा अन्यथा नहोला । मरिचमान सिंहको उक्त भनाइले गणेशमानजीलाई टसको मस हुन दिएन, किनकि आन्दोलनको चरण निकै अघि बढिसकेको थियो । प्रजातन्त्र समाप्त गर्ने मात्र होइन, यिनै भारतीय कम्युनिष्टहरूका कारण देशै समाप्त हुनेछ भनी २०४६ सालमा मरिचमान सिंह श्रेष्ठले भनेको कुरा अहिले आएर यथार्थ प्रमाणित हुँदैछ । नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई नेपालका सर्वमान्य नेता घोषणा गरी उहाँकै नेतृत्वमा सञ्चालित २०४६ सालको जनआन्दोलनले सार्थकता प्राप्त गरे पनि यसको संरक्षण गर्ने काममा नेपाली कांग्रेस चुक्यो ।
प्राप्त प्रजातान्त्रिक उपलब्धिलाई समाप्त गर्न नेकपा माओवादीका नाउँबाट अर्को सशस्त्र आतंकको सुरुवात गरियो । उक्त आतंकलाई पूरापूर मलजल गर्ने, हतियार र तालिम उपलब्ध गराउने, सुरक्षाका लागि सेल्टर उपलब्ध गराउने काम भारतले ग¥यो । उक्त आतंक सुरु गर्नुअघि यसका नायकहरूले भारतसमक्ष लम्पसार परेर भारतीय स्वार्थ अनुकूल कार्य गर्न कबुल गरेको तमसुकमा ल्याप्चे हालेर भारतीय प्रधानमन्त्रीलाई बुझाएका थिए । सीमापार भारतमा बसेर भारतका गोली, गठ्ठा, बम, बारुद र बन्दुक बोकेर नेपाली सिमानामा प्रवेश गर्ने, नेपाल सरहदभित्रका भौतिक संरचनाहरू विनाश गर्ने, प्रजातन्त्रवादीहरूलाई छानीछानी टाउको गिड्ने काम हुन पुग्यो । यो कुनै प्रजातान्त्रिक आन्दोलन थिएन, यो त केवल प्रजातन्त्र समाप्त तुल्याउन चलाइएको हिंसा र आतंक नै थियो ।
यसको प्रमुख उद्देश्य मरिचमान सिंह श्रेष्ठले भने झैँ प्रजातन्त्र सिध्याउनका लागि थियो । तालिम, सेल्टर, गोलीगठ्ठा, बम, बारुद र बन्दुक भारतीयहरूले सहयोग पु¥याए पनि माओवादी आतंकका लागि ठीक सहयोग गर्नेमा बारबरा फाउण्डेशन युरोपियन युनियननै प्रमुख थिए । राजा महेन्द्रका कान्छा भाइ बसुन्धरा शाहसँग भित्रिनीका रूपमा जोडिन आइपुगेकी अमेरिकी नागरिक बारबरा एडम्स दरबारिया गतिविधिको सूक्ष्मतापूर्वक निगरानी गर्ने र सोको सूचना क्रिश्चियन मिसनरीलगायत अमेरिकी गुप्तचर नियोगसम्म सम्प्रेषण गर्ने गुप्त महिला थिइन् । उनको सम्पन्न आर्थिक अवस्था र क्रिश्चियन मिसनरीमार्फत उनको फाउण्डेशनमा जम्मा हुनआएको अकूत सम्पत्ति नेपालको धर्म, संस्कार, संस्कृति र राजसंस्था समाप्त तुल्याउन प्रयोग गरियो ।
केबी रोकाय नामका नेपालका स्वनामधन्य बुद्धिजीवीलाई प्रयोग गरेर सो कोषबाट अर्बौं रुपैयाँ दिई आतंकलाई मलजल पु¥याउन खर्च गरियो । अधिराजकुमार बसुन्धराकी भित्रिनी भई बसेकी बार्बराले वसुन्धराको मृत्युपछि कांग्रेससँग रुष्ट बनेका नेपालका मूर्धन्य बुद्धिजीवी विद्वान ऋषिकेश शाहसँग सम्बन्ध जोड्न पुगिन् । संयुक्त राष्ट्र संघको उपमहासचिव भइसकेका ऋषिकेश शाह तत्कालीन संयुक्त राष्ट्रसंघीय महासचिव ड्याग ह्यामर सोल्डको कंगोमा भएको मृत्युका सम्बन्धमा छानबिन गर्न गठित आयोगका अध्यक्षसमेत भई सफलतापूर्वक प्रतिवेदन पेश गरेका थिए । संयुक्त राष्ट्र संघको महासचिव बन्ने अवसरबाट दरबारले असहयोग गरेको भन्ने निहुँमा उनी समूल राजसंस्था अन्त्य गर्न अग्रसर थिए ।
साथसाथै २०४६ सालको जनआन्दोलनपश्चात् नेपाली कांग्रेसले उनलाई उचित मर्यादा र स्थान नदिएको भन्ने असन्तुष्टि पनि सँगसँगै थियो । एकजना मूर्धन्य विद्वान् जसको राजसंस्था र प्रजातन्त्र दुबैसँग गुनासो वा असन्तुष्टि रहेको थियो । तिनै मूर्धन्य व्यक्ति ऋषिकेश शाहसँग बारबरा एडम्स सम्पर्कमा रहन थालिन् । यी दुबै संस्थालाई समाप्त गर्न हरसम्भव उपाय प्रयोग गर्न अग्रसर थिइन् । यसका लागि उनले राजीव गान्धी र भारतीयहरूको भरपर्दो साथ लिएकी थिइन् । यही साथ र सहयोगले नै माओवादी आतंकले दिनप्रतिदिन उचाइ लिन थाल्यो, यही आतंकको बलमा नेपालबाट प्रजातन्त्र र राजसंस्था दुवैको अन्त्य गर्ने उद्देश्य राखिएको थियो ।
अन्ततः दुबै कुरामा सफलता प्राप्त हुन गयो । यस कुरामा अमेरिका त बारबराको साथमै थियोसँगै युरोपियन युनियनलाई पनि आफ्नो मिसनमा सामेल गर्न उनी सफल भइन् । माओवादी आतंकको सुरुवात आवल्ना विश्वस्त एजेन्ट बाबुराम भट्टराईलाई ४० बुँदे मागपत्र वा अल्टिमेटम पेश गर्न लगाएर सुरु गराइएको थियो । आतंक अघि बढ्दै जाँदा बाबुरामभन्दा प्रचण्ड अझै शक्तिशाली देखिएपछि अन्ततः बाबुरामलाई घोक्रेठ्याक लगाएर पन्छयाउने र प्रचण्डलाई साथ दिने काम भारतीयहरूले गरे । हुन त माओवादीहरूको हेडक्वार्टर बैठकमा प्रचण्डले पेस गरेको संविधानसभाको निर्वाचनलाई बटम लाइन बनाएर क्रान्ति समाप्त गर्ने भन्ने राजनीतिक प्रस्ताव र प्रचण्डपथ वा क्रान्तिको पूर्ण सफलता भन्ने प्रचण्डको प्रस्तावमा मतदान हुँदा बाबुराम भट्टराईको प्रस्ताव पारित भएपछि प्रचण्डका लठैतहरूले बाबुरामलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।
जेनजी आन्दोलनमा देशका महत्वपूर्ण भौतिक संरचनाहरू राज्यलाई प्रमाण लगाउन मिल्ने महत्वपूर्ण दस्तावेजहरू माओवादी र स्वतन्त्र पार्टीसँग सम्बन्धित विभिन्न अपराधसँग जोडिएका मुद्दाका फाइलहरू समेत नष्ट गरियो । यसो गर्नुमा मुलुकको राष्ट्रियता नै समाप्त गर्ने भित्री अभीष्ट लुकेको छ भन्ने कुरामा कुनै विवाद रहँदैन ।
अन्ततः भारतीय हेलिकोप्टरले सोही स्थलबाट अचेत र घाइते बाबुरामलाई रातारात उद्धार गरी दिल्ली पुर्याएको, भारतकै दबाबमा १२ बुँदै सम्झौता गराएको, १२ बँुदे सम्झौतामा भाँजो हाल्ने मोहन वैद्य किरण, सिपी गजुरेलहरूलाई भारतले थुनामा राखेर प्रचण्ड बाबुरामहरूलाई शान्ति सम्झौताका लागि निर्देशित गरेको समेत अवस्थालाई हामीले बुझ्न जरुरी छ । प्रचण्डको प्रयोजन पनि समाप्त भइसकेपछि कार्टर फाउण्डेशनले अर्को एकजना नयाँ जोगीको सृष्टि गरेर नेपालमा अर्को खाले भाँडभैलो मच्चाउन खटाएको देखिन्छ ।
यसमा पनि भारतको सहयोगबिना केही गर्न सकिँदैन भन्ने सोचविचार गरेर नै नेपाललाई भारतको सुरक्षा छाताभित्र राखौं भन्ने प्रस्तावका साथ आएका नयाँ जोगीहरूले पनि पश्चिमाहरूको भरपर्दो विश्वास जित्न नसकेपछि पुनः बारबरा फाउण्डेशनकै योजना मुताबिक हाम्रो नेपाल र हामी नेपाली नामक नयाँ संस्था सिर्जना गर्ने, यसको नेतृत्व सुदन गुरुङ नामका युवालाई सुम्पने, सो संस्थाले सकेसम्म नेपाली नागरिक र यदि नेपाली नागरिकहरू सडकमा उत्रन आनाकानी गरे भने तिब्बती शरणार्थी शिविरभित्र रहेबसेका लाखौं तिब्बती शरणार्थीहरूलाई सडकमा उतारेर अर्को खाले भाँडभैलो मच्चाउने तयारीका साथ निर्देशन गरेको बुझिन्छ । तिब्बती शरणार्थीहरूलाई सडकमा उतार्नुपूर्व हाम्रो नेपाल नामक संस्थाले परीक्षाका रूपमा जेनजी पुस्तालाई प्रयोग ग¥यो र आफ्नो उद्देश्यमा हदसम्म सफल पनि भएको देखियो ।
जेन-जी आन्दोलनमा देशका महत्वपूर्ण भौतिक संरचनाहरू राज्यलाई प्रमाण लगाउन मिल्ने महत्वपूर्ण दस्तावेजहरू माओवादी र स्वतन्त्र पार्टीसँग सम्बन्धित विभिन्न अपराधसँग जोडिएका मुद्दाका फाइलसमेत नष्ट गरियो । यसो गर्नुमा मुलुकको राष्ट्रियता नै समाप्त गर्ने भित्री अभीष्ट लुकेको छ भन्ने कुरामा कुनै विवाद रहँदैन । माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी हुँदै जेनजी आन्दोलनसम्म आइपुग्दाका घटनाक्रमहरू मरिचमान सिंहले गणेशमानलाई बताए झैं पहिलो प्रजातन्त्र समाप्त गर्ने र दोस्रो देशै समाप्त पार्नका लागि रचिएको गम्भीर चक्रब्यूहकै शृंखला थिए । यो शृंखलामा नेपाली सेनाका केही उच्चपदस्थ हाकिमहरूलाई समेत मिलाइएको रहेछ ।
आदरणीय पाठक वर्गहरू मैले अभिव्यक्त गरेका उल्लेखित विचार वा घटनाक्रमका शृंखला कुनै आग्रह वा पूर्वाग्रह बस लेखेको होइन विभिन्न राजनीतिक विश्लेषकहरू प्राध्यापक तथा विद्वानसँगको कुराकानी वा वार्ता लाभको सार र सुधीर शर्माको प्रयोगशाला पुस्तकबाट निकालिएको निचोडसमेत हो । वर्तमान अवस्थामा प्रजातन्त्रलाई त समाप्त गरियो गरियो मुलुकको राष्ट्रियता नै संकटको घडीमा पु¥याइएको छ । स्वाभिमानी राष्ट्रवादी हरेक नेपालीहरूले प्रजातन्त्र पुनस्र्थापना सँगसँगै राष्ट्रियता संरक्षणमा अत्यन्त दरो खबरदारी गरौं ता कि राष्ट्रियता सुरक्षित रहन सकोस् ।
वरिष्ठ अधिवक्ता एवं मुख्य न्यायाधिवक्ता
गण्डकी प्रदेश पोखरा







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच