धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले २ सय १९ किलोग्राम २१ ग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला बाहुदरमाइ नगरपालिका-४ का २८ वर्षीय दिननाथ यादव र सोही जिल्ला कालिकामाइ गाउँपालिका-१ का ५३ वर्षीय कमल राउत कूर्मि रहेको धादिङ प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ खटौटीबाट २ सय १९ किलोग्राम २१ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।
रोकिराखेको भारतीय नम्बरको बिआर ०१ जिबि ८६५३ नम्बरको मिनि ट्रकमा लुकाइछिपाइ चितवनतर्फ लैजान लागिएको अवस्थामा आइतबार २ सय १९ किलोग्राम गाँजा, १ सय २० ग्राम अफिमजस्तो देखिने कालो पदार्थ र सवारी साधन बरामद गरिएको पत्रकार सम्मेलन मार्फत् जानकारी दिएका हुन् । त्यसैगरी प्रहरीले धुनीबेसी नगरपालिका-६ धार्केमा प्रतिबन्धीत लागुऔषध २ केजी ४५ ग्राम पोल्याङसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले चेकजाँचका क्रममा किराञ्चोकबाट काठमाडौंतर्फ बा प्र ०२-०५८ प ८६८७ नम्बरको मोटरसाइकलमा २ ओटा पोका बरामद गरेको हो । गजुरी गाउँपालिका-८ का २२ वर्षीय सोनाम तामाङ र २६वर्षीय राजकुमार लोप्चनलाई प्रहरीले पक्राउ गरि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी धादिङको गजुरी गाउँपालिका-४ गैरीगाउँ चौकीटारमा करिब ५० रोपनी जग्गामा रहेको गाँजा खेती नष्ट गरिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र