धादिङ । शिक्षक सरुवाको विरोध जनाउँदै गल्छी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
गाउँपालिकाका पूर्व अध्यक्ष कृष्णहरी श्रेष्ठसहित माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का स्थानीय नेताहरू र केही शिक्षकहरूले गल्छी गाउँपालिका-२ स्थित रक्तवच्छला आधारभूत विद्यालयका शिक्षकको सरुवाको विरोध जनाउँदै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
प्राथमिक तहका शिक्षक रुपक खतिवडा गणित विषय अध्यायन गरेका र योग्यता भएका शिक्षक भएकोले जनकल्याण माविमा लामो समयदेखि शिक्षक नभएका कारण गाउँपालिका शिक्षा ऐन अनुसार सरुवा गरिएको थियो ।
शिक्षक सरुवाभएपछि रक्तबच्छला आविबाट दरबन्दीसहित शिक्षक सरुवा गरिएको भन्दै विरोध जनाउँदै आएका केही शिक्षक र नेकपा समाजवादीका नेताहरु वर्तमान अवस्थामा गाउँपालिकाले समस्या समाधान गर्ने बताएपनि तालाबन्दी नै गर्न पुगेका हुन्।
रक्तबच्छला आविमा यसअघि गणित पढाएका र योग्यता समेत भएका एकजना शिक्षक भएकोले पालिकाभित्र शिक्षक सरुवा गर्न र व्यवस्थापन गर्न सक्ने कानूनी व्यवस्था भएकोले वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र शिक्षा शाखाको सहमति र छलफल पछि शिक्षक व्यवस्थापनअन्तर्गत शिक्षक सरुवा गरिएको र रक्त बच्छलाका अर्को एकजना शिक्षक व्यवस्थापन गर्ने विषयमा पालिका शिक्षा शाखामा छलफल भइरहेको गाउँपालिका अध्यक्ष केदार खतिवडाले बताउनुभएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र