एजेन्सी । न्युजिल्याण्डका स्टार ब्याट्सम्यान केन विलियमसन इंग्ल्याण्डविरुद्ध हुने टी-२० क्रिकेट शृंखलामा सहभागी नहुने हुनुभएको छ । गत मार्चमा भारतसँग च्याम्पियन्स ट्रफीको फाइनलमा पराजय भोगेपछि विलियमसन अन्तर्राष्ट्रिय क्रिकेटमा देखिनुभएको छैन । उहाँ आगामी एकदिवसीय (ओडिआई) शृंखलाका लागि भने उपलब्ध हुने अपेक्षा गरिएको छ ।
विलियमसनले यसअघि अष्ट्रेलियाविरुद्धको टी-२० शृंखला पनि गुमाउनुभएको थियो । यसबीच पेटको शल्यक्रियापछि पुनः फिट हुनुभएका मिचेल स्यान्टनरले टोलीको नेतृत्व गर्नुहुनेछ । त्यस्तै, अनुहारको चोटका कारण अष्ट्रेलियाविरुद्धको शृंखलाबाट बाहिर रहनुभएका अलराउण्डर रचिन रविन्द्र पनि टोलीमा पुनः फर्किनुभएको छ ।
यता, ह्यामस्ट्रिङको चोटले ग्रस्त बलर बेन सियर्सले शृंखला गुमाउने हुनुभएको छ भने अलराउण्डर जिमी निशम टोलीमा फर्किनुभएको छ । तीन खेलको टी-२० शृंखला आगामी शनिबारदेखि क्राइस्ट चर्चमा सुरु हुनेछ । शृंखलाका खेलहरू अक्टोबर १८, २० र २३ मा हुने तय गरिएको छ ।
न्युजिल्याण्डको टोलीमा मिचेल स्यान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभन कोन्वे, ज्याकब डफी, ज्याक फाउल्क्स, म्याट हेनरी, बेभन ज्याकब्स, काइल जेमिसन, डेरिल मिचेल, जिमी निशम, रचिन रविन्द्र, टिम रोबिन्सन र टिम सेफर्ट रहनुभएको छ ।
इंग्ल्याण्डको टोलीमा ह्यारी ब्रुक (कप्तान), रेहान अहमद, सोनी बेकर, टम ब्यान्टन, ज्याकब बेथेल, जोस बटलर, ब्रायडन कार्से, जोर्डन कोक्स, ज्याक क्राउली, साम करन, लियाम डसन, जेमी ओभरटन, आदिल रशिद, फिल साल्ट र ल्युक उड रहनुभएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर