काठमाडौं । नायिका समृद्धि अर्यालले आफू अभिनीत नयाँ नेपाली चलचित्र ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामा रहेको बताउनुभएको छ । उहाँका अनुसार, चलचित्रमा उहाँको उपस्थिति महत्वपूर्ण समयमा हुने र भूमिका प्रभाव पार्ने खालको छ । ‘म जहाँ-जहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,’ समृद्धि भन्नुहुन्छ, ‘दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने किसिमको भूमिकामा छु ।’
चलचित्रमा उहाँले विजय बरालको अपोजिटमा अभिनय गर्नुभएको छ । बरालसँगको सहकार्यबारे बोल्दै समृद्धिले भन्नुभयो, ‘विजय बराल र दयाहाङ राई दुवैजना अग्रज र अब्बल कलाकार हुनुहुन्छ । उहाँहरूकै जोनमा रहेर काम गर्नु च्यालेन्ज त थियो नै, तर यसले मलाई सिक्न पनि धेरै मद्दत गर्यो ।’
समृद्धिले सुरुवाती अफर आउँदा कलाकार सूचीमा दयाहाङ र विजयको नाम देखेपछि काम गर्न उत्साहित भएको सुनाउनुभयो । ‘सुरुमा लाग्यो, यी कलाकारसँग काम गर्न सक्छु कि भनेर । पछि यो सिक्ने मौका पनि हो भन्ने सोचेर फिल्म गरेँ,’ उहाँ भन्नुहुन्छ ।
उहाँका अनुसार, पहिलो चलचित्र ‘फर्की फर्की’मा नयाँ कलाकारसँग काम गर्दा सहज भए पनि ‘वरिष्ठ बलराम’मा अनुभवी कलाकारसँग काम गर्दा संकोच र सिकाइ दुवै अनुभव भयो ।
समृद्धिले चलचित्रमा आफू ‘शो पिस’ मात्र नभएको स्पष्ट पार्नुभयो । ‘दुई अग्रज कलाकारबीच मेरो पनि सशक्त रोल छ । बलरामको यात्रामा सहयोग गर्ने इम्प्याक्टफुल क्यारेक्टर हो मेरो’, उहाँले भन्नुभयो । चलचित्रमा उहाँ ‘कुशुम’को भूमिकामा देखिँदै हुनुहुन्छ । उक्त पात्रबारे उहाँले भन्नुभयो, ‘यो क्यारेक्टर भोलि कति लोकप्रिय हुन्छ भन्ने त दर्शकले नै ठान्ने हो । तर, सम्झिने खालको छ भन्ने मलाई लाग्छ ।’
‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकाका दिनदेखि प्रदर्शनमा आउँदैछ । सुरेन्द्र पौडेल निर्देशित यस चलचित्रमा दयाहाङ, विजय र समृद्धिसँगै पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके)लगायत कलाकारको अभिनय छ ।
चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेख्नुभएको हो । वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा र आन्भी फिल्म्सको सहकार्यमा बनेको यस चलचित्रका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुनुहुन्छ । कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे, लाइन प्रोड्युसर राम विष्ट रहनुभएको छ ।
मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामोको नृत्य निर्देशन रहेको चलचित्र काठमाडौं उपत्यकामा डिसिएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच