काठमाडौं । यसपालिको बडादशैँको अवसर पारेर असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली चलचित्र सोमबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेका छन् । बडादशैँको फूलपातीको दिनदेखि ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ सिनेमाघरमा आएका थिए । यी तीनवटै चलचित्रले प्रदर्शनको दुई साता पूरा गर्दै तेस्रो सातामा प्रवेश गरेका हुन् ।
तीन चलचित्रले बक्स अफिसमा संयुक्त रूपमा १२ करोड ५६ लाख रुपैयाँको व्यापार गरेका छन् । यो व्यापार गत शनिबार राति (१३औं दिन) सम्मको भएको चलचित्र विकास बोर्डले जनाएको छ । तीनमध्ये ‘बलिदान’ चार करोड ८० लाख रुपैयाँको व्यापारसहित अग्रस्थानमा छ । १३ दिनसम्ममा ‘हरिबहादुरको जुत्ता’ले चार करोड ३२ लाख रुपैयाँको व्यापार गरेको छ भने ‘माइतीघर’ को व्यापार तीन करोड ४४ लाख रुपैयाँ छ ।
गत वर्षको तुलनामा यसवर्ष बडादशैँमा सिनेमाघरमा आएका चलचित्रको व्यापार अपेक्षित होइन् । निर्माताहरू भने देशको पछिल्लो परिस्थितिका कारण दशैँमा विगतमा जस्तो उमंग नदेखिएको बताउँदै चलचित्रले जति व्यापार गरे त्यसमा धेरै निराशा हुनु नपर्ने बताउँछन् ।
तेस्रो सातामा आउँदा पनि प्राप्त शोमा दर्शकको उपस्थिति राम्रो रहेको बताउँदै चलचित्र अझै लामो समय हलमा टिक्ने निर्माताहरूको विश्वास छ । सन्तोष सेनको निर्देशनमा बनेको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, हेमन्त बुढाथोकीलगायत कलाकारको अभिनय छ ।
दीपेन्द्र के.खनाल निर्देशित ’हरिबहादुरको जुत्ता’ मा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्कीलगायत कलाकारको अभिनय छ । यस्तै, मिलन तामाङ निर्देशित ‘माइतीघर’ मा धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरीलगायत कलाकारको अभिनय छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच