काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यस वर्षको शुभ दीपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी रूपमा ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम शुभारम्भ गरेको छ । हर्ष र उल्लासले भरिएको यस पर्वका अवसरमा सुरु गरिएको कार्यक्रममा ग्राहकले आकर्षक अफरका साथ सुनको असर्फी बम्पर उपहारमा जित्ने सुनौलो मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
नेपालभरि रहेका शोरुममा सुरु गरिएको कार्यक्रम कात्तिक २ गतेसम्म सञ्चालन हुने बताइएको छ । कम्पनीका अनुसार विशेष कार्यक्रमअन्तर्गत ग्राहकले टाटा मोटर्सका विद्युतीय मोडलहरू टाटा टियागो इभी, पञ्च ईभी, नेक्सन के ३ इभी र कर्भ इभी साथै आइसिई मोडल टियागो, पञ्च, नेक्सन र सफारी खरिद गर्दा उपहार तथा छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, कार्यक्रमअन्तर्गत फ्री लाइफटाइम डिसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरिज, व्यापक अटो-प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसनलगायतका सुविधा प्राप्त गर्न सकिनेछ भने पर्वलाई थप रोमाञ्चक र अविस्मरणीय बनाउने हेतुले सुनको असर्फी भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच