काठमाडौं । एनआइसी एसिया बैंकका ग्राहकले अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट पाउने भएका छन् । दुवै संस्थाबीचको सम्झौताअनुसार बैंकका ग्राहकले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने बताइएको छ । यस्तो सुविधा उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत् भुक्तानी गर्नुपर्नेछ ।
त्यसैगरी उक्त बैंकका ग्राहकले मक्र्याेर होटलमा पनि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । दुई सस्थाबीचको सम्झौतासँगै ग्राहकले होटलमा आवास सेवा लिँदा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट पाउने बताइएको छ । छुट सुविधा उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत् भुक्तानी गर्नुपर्नेछ ।
उक्त सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुका साथै डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच