काठमाडौं । रेमिटेन्स तथा भुक्तानी प्लेटफर्म आयो रेमिटले प्रतिष्ठित ‘ब्रिट फिनटेक अवार्ड २०२५’ मा ‘एमएसबी ग्लोबल’ उपाधि जितेको छ । विश्वकै प्रतिष्ठित फिनटेक सम्मानमध्ये एक मानिने उक्त अवार्डले नवीनता, पारदर्शिता र ग्राहक सन्तुष्टिमा उत्कृष्ट योगदान दिएका कम्पनीलाई सम्मान गर्छ ।
आयो रेमिटलाई उसको मनी सर्भिस बिजनेस सञ्चालनमा नवीन दृष्टिकोण र बलियो नियमन संरचनाका आधारमा अवार्डका लागि छनोट गरिएको कम्पनीले जनाएको छ । नेपाली मूलका उद्यमी कल्पित भण्डारी र प्रसुन भण्डारीद्वारा स्थापना गरिएको आयो रेमिटको मुख्यालय बेलायतमा रहेको छ भने क्षेत्रीय कार्यालयहरू अष्ट्रेलिया र साइप्रसमा छन् ।
कम्पनीका सहसंस्थापक प्रसुन भण्डारीले भन्नुभयो, ‘यो सम्मान हाम्रा ग्राहकको विश्वास र हाम्रो टिमको अथक समर्पणको प्रतिफल हो । हामी सीमा पार भुक्तानीलाई अझ सरल र सुलभ बनाउने दिशामा निरन्तर अग्रसर छौं ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच