काठमाडौ । गरिमा विकास बैंकले सेयरधनीहरूका लागि लाभांश प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको छ प्रतिशत बोनश सेयर र प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ । हाल पाँच अर्ब ६८ करोड पाँच लाख १७ हजार तीन सय २७ रुपैयाँ ५७ पैसा चुक्ता पुँजी रहेकोमा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १९औँ वार्षिक साधारणसभाबाट पारित भएपछि चुक्ता पुँजी छ अर्ब दुई करोड १३ लाख ४८ हजार तीन सय ६७ रुपैयाँ २२ पैसा कायम हुने बताइएको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभर १२५ शाखा, एक एक्सटेन्सन कार्यालय र ५१ एटिएममार्फत् ग्राहकलार्ई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच