नेपालगञ्ज । तिहारको उल्लासमय अवसरमा ‘तिहारका रंगहरू’ नामक सांस्कृतिक कार्यक्रम नेपालगञ्जमा आयोजना हुनेभएको छ । बास नेपालको आयोजनामा कात्तिक ४ गते गाईतिहारको दिन स्थानीय वाटिका होटेलमा कार्यक्रम हुनलागेको हो ।
तिहारको मौलिकता, विविधता, सांस्कृतिक मूल्य र प्रतीकात्मक सन्देशलाई उजागर गर्दै प्रेम, उज्यालो र एकताको माध्यमबाट सुशासन र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिन लागेको आयोजकले जनाएको छ ।
‘तिहारका रंगहरू’ कार्यक्रममा सामूहिक देउसी-भैलो, रंगथिम सांस्कृतिक प्रस्तुति, रंगोली प्रतियोगिता, नृत्य, नाटक लगायतका विभिन्न आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रम सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको बास नेपालकी महासचिव कल्पना अधिकारीले जानकारी गराउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच